Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

समुन्नति डिजिटल फाईनान्स परियोजनाको कक्षा अवलोकन


समुन्नति डिजिटल फाईनान्स परियोजनाको कक्षा अवलोकन

रोल्पा । त्रिवेणी गाउँपालिका  अन्तर्गतको स्थानीय परियोजना सुझाव समितिका पदाधिकारीहरू र समुन्नति डिजिटल फाईनान्स परियोजनाको संयुक्त टोलीले परियोजनाले गाउँपालिका भित्र  सञ्चालन गरिरहेको विभिन्न कार्यक्रमहरूको अनुगमन गरेको छ। यो कार्यक्रम पालिकाको  वडा नं २, ३,४,७ मा सञ्चालन भैरहेको छ ।    यसै सन्दर्भमा टोलीले वडा नं. ३ गाउँटकुरा स्थित पल्लवी विद्धुतिय वित्तिय  डिजिटल साक्षरता कक्षाको अनुगमन गरि कक्षाका सहभागीहरूसंग अन्तरक्रिया गरेको छ ।

 सहभागीहरूले यस कक्षामा आफ्नो मोबाइल मार्फत विभिन्न विद्युतीय कारोबार गर्न सिकेको र यस कक्षामा सिकाईने विषयवस्तुकै कारण आफ्नो कृषि कर्म लगायतका आम्दानीहरू बाट अनावश्यक तथा फजुल खर्च घटाई वचत गर्नुपर्ने र यसरी गरेको वचत आधिकारीक संस्थाहरूमा सुरक्षित राखी विद्युतीय माध्यम बाट वित्तीय कारोबार गर्नु पर्छ भन्ने ज्ञान सिकेको कुरा बताउनुहुनुका साथै, बिजुली लगायतका शुल्कहरू आफैले घरमै बसेर तिर्न सिकिसकेको कुरा उल्लेख गर्नुभयो । 

हाल त्रिवेणी गाउँपालिकामा यस्ता १२ वटा कक्षाहरू सञ्चालनमा छन् जसमा २४८ जना सहभागी रहेका छन । परियोजनाले सहकारीको क्षमता विकासका लागि ल्यापटप लगायतका विभिन्न विद्युतीय उपकरणहरू सहयोग स्वरुप उपलब्ध गराएको छ भने सहकारीको सदस्यहरूलाई एस। एम।एस। सेवा उपलब्ध गराउन सहकार्य गरेको छ। हाल सहकारीले मोबाइल बैंकिङ्गको सेवा सुरु गर्न परिक्षण गरीरहेको छ।

यसका साथै परियोजनाले सहकारीहरू संगको समन्वयमा आगामी दिनहरूमा यस कार्यकमका उपस्थित सहभागीहरुको संङ्ख्यामा वृद्धि गर्दै  डिजिटल वित्तीय साक्षरता सम्बन्धित तालिम दिने योजना गरेको कुरा परियोजनाका बिमल झाले बताउनु भएको छ ,भने परियोजना र पालिका बिचको सहकार्यमा यस बर्ष पालिका भित्र वडा नं.२ नुवागाउ र वडा नम्बर ४ सिम्पानिका स्थानमा वाइफाइ हटस्पट बनाउने सहमति समेत भएको छ।

संयुक्त अनुगमन पछि परियोजनाको टिम र पालिका बिच त्रिवेणी गाउँपालिका गाउँकार्यपालिकाको कार्यालयमा बसि आगामी योजना तथा कार्यक्रमहरुको बारेमा छलफल समेत भएको थियो 

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend