अर्घाखाँची । प्रहरीले अर्घाखाँचीमा भरुवा बन्दुक बरामद गरेको छ । भुमिकास्थान नगरपालिका-७ पानडाँडास्थित सुईडाँडा खोल्सामा वेवारिसे अवस्थामा रहेको एकनाले भरूवा बन्दुक ३ थान, बारुद, १ सय ३ पिस सिसा र १५ पिस केप शुक्रबार बेलुकी प्रहरीले बरामद गरेको हो ।
विशेष सूचनाको आधारमा प्रहरी चौकी खिल्जी र जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरी टोलीले उक्त हातहतियार बरामद गरेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।