रोल्पा। माडी गाउँपालिका-६ धाराखोला भारणिबाङ सडक खण्डमा पहिरोबाट खसेको ढुङ्गाले लागेर माडी ५ बाङ्मा निवासी लालि वलीको मृत्यु भएको छ।
पहिरो खसेको ठाउँबाट बाटो क्रस गर्ने क्रममा ढुङ्गा लागेर घटना स्थलमै वलीको मृत्यु भएको हो। छियाछिया भएको शरीर करिव ५०/६० मिटर मुनी पहिरोसँगै झरेको ढुङ्गा खसिरहेको अवस्थामा शव फेला परेको छ। पहिरो झरी रहेकोले शवको उद्धारमा निकै कठिनाई आएको थियो।
इलाका प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय घर्तिगाउँको प्रहरी टोली,माडी गाउँपालिकाका गाउँ प्रहरी र माडी ५ भाबाङका युवाहरुले पहिरो खसिरहेको स्थानबाट जोखिम मोलेर मृतक शवको उद्धार गरेका जनाइएको छ।