बाँके । पौडी खेल्ने क्रममा बाँकेमा पानीमा डुबेर दुई जनाको मृत्यु भएको छ । बैजनाथ गाउँपालिका–३ एल बि चोकस्थित महेन्द्रतालमा डुबेर कोहलपुर नगरपालिका-१ कौशिलानगर बस्ने १७ वर्षीय सुरेश सार्कीको शनिबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।
३ जना साथीसँग पौडी खेल्ने क्रममा डुबेर घाइते भएका उनको उपचारका क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो । यसैगरी जानकी गाउँपालिका-४ बेलनियास्थित गिजरा नालाको पानी जमेको खाल्डोमा पौडी खेल्ने क्रममा डुबेर सोही ठाउँ बस्ने २१ वर्षीय किरण बर्माको शनिबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।