रूकुम पूर्व । प्रहरीले बेवारिसे अवस्थामा ३ नाल भरुवा बन्दुक बरामद गरेको छ । पुथाउत्तरगंगा गाउँपालिका(८ हरियाली रानी सामुदायिक वनको दह भन्ने ठाउँको ओढारबाट ३ नाल भरुवा बन्दुक सोमबार प्रहरीले बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी जाङबाट गस्तीमा खटिएको प्रहरीले गस्ती गर्ने क्रममा उक्त ओढारमा लुकाई छिपाई राखेको बन्दुक फेला पारेको प्रहरीले जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।