Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

रुन्टीगढी गाउँपालिकामा सचेतनामुलक कार्यक्रम सम्पन्न


१२, भदौ २०८०
  • 208
    SHARES
  • रुन्टीगढी गाउँपालिकामा सचेतनामुलक कार्यक्रम सम्पन्न

    कमल खड्का,रोल्पा । रोल्पाको रुन्टीगढी गाउँपालिकामा डेंगु लगायत किटजन्य रोगहरु सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । औलो, कालाजार,डेंगु जस्ता खतरनाक रोग लामखुट्टेको टोकाइ बाट नै लाग्ने हुदाँ लामखुट्टेको बासस्थान खोजी गरि यसको लार्भा नष्ट गर्ने लक्ष्यका साथ सचेतनामुलक कार्यक्रम गरिएको हो । 

    रुन्टीगढी गाउँपालिकामा पनि यस्को जोखिम बढेको हुदाँ यस्तो कार्यक्रम गरिएको हो । बजार प्ररिक्रमा गर्ने क्रममा बजार क्षेत्रमा खुल्ला बाहिर राखिएका भाडामा जम्मा भएको फोहोर पानी पोखाउने तथा पानी जम्मा भएको खाल्डा खुल्डी पुर्ने लगायतका कार्यहरु गरिएको हो । रुन्टीगढी गाउँपालिकाको प्राङ्गणबाट सुरु भएको कार्यक्रम होलेरीको भित्री बजार हुदै जुर्नेटामा पुगेर कोणसभामा परिणत भएको थियो ।

    बजार सरसफाइ गरि बजार क्षेत्रका जनसमुदायलाई औलो, कालाजार, स्क्रब टाइफस, डेंगु जस्ता खतरानाक रोगबाट बचाइ स्वस्थ बनाउने उदेश्यका साथ कार्यक्रम सञ्चालन गरिएका स्वास्थ्य शाखा प्रमुख गणेश बुढाले जानकारी दिनुभयो । विशेष गरि अव्यबस्थित बसोबास भएको बजार होलेरी पनि पर्ने हुदाँ सचेतनाको कमी तथा  लाप्रबाहीले पनि यी रोगहरु फैलिन सक्ने हुदाँ यस्तो अभियान गरिएको उहाँले बताउनुभयो ।

    औलो, कालाजार, स्क्रब टाइफस, डेंगु जस्ता खतरानाक रोग जथाभावी फोहोर तथा धेरै दिन खुल्ला भाडामा पानी जम्मा भएर हुने भएकोले खुल्ला भाडामा धेरै दिन सम्म पानी जम्मा नगर्न पनि उहाँले बजार बासीलाई सुझाब दिनु भएको छ ।  

    रोल्पाको रुन्टीगढी गाउँपालिकाको होलेरी बजार क्षेत्र प्राकृतिक रुपमा जतिकै सुन्दर छ त्यतीकै यहाँको अब्यवस्थित बसोबासको कारण कुरुप हुदैँ गएको छ । बिशेष गरि रुन्टीगढी गाउँपालिकाको ठुलो तथा मुख्य बजार मानिने होलेरीको जुर्नेटाको अगाडी भागमा केही सफा देखिए पनि पछाडीको भागमा बङगुर पालन तथा ब्यबस्थित सौचालय नहुदाँ दङगुरै दङगुरको बजार भन्दा फरक नपर्ने बजार भएको छ ।

    रुन्टीगढी गाउँपालिकामा एक जना डेंगुको बिरामी फेला परे स्वास्थ्य शाखा तथा रुन्टीगढी गाउँपालिकाले सरसफाइमा कडाइ गरेको छ । सोमबार गरिएको सचेतनामुलक अभियानमा केही बजार बासीले राम्रो साथ दिएका पनि भने केही ब्यक्तिले अटेरी गर्न खोजेको रुन्टीगढी गाउँपालिका उपाध्यक्ष सरिता केसीले जानकारी दिनु भएको छ । यसरी आफ्नो लागि सचेत गराउँदा पनि अटेरी गर्नेलाई कानुनी कारबाही समेत गर्न सकिने पनि उहाँले बताउनुभयो । 

    कार्यक्रममा बोल्दै यो अभियान गाउँपालिकाको लागि मात्र नभई रुन्टीगढीवासी आफ्नै लागि भएको बताउनुभयो । अहिले यसरी गर्नुपर्छ भनेर सचेत मात्र गराएको तर यस कुराको वेबास्ता गरेमा आवश्यकताअनुसार प्रत्येक महिना नगर प्रहरी खटाएर भएपनि अनुगन तथा कारबाही गर्न गाउँपालिका तयार रहेको बताउनुभयो ।

    रुन्टीगढी गाउँपालिका स्वास्थ्य संयोजक गणेश बुढाको सहजीकरणमा भएको कार्यक्रममा उपाध्यक्ष सरिता केसी, प्रशासन प्रमुख सानबाबु खड्का,गाउँपालिकाका कर्मचारी स्वास्थ्यकर्मी ,सुरक्षाकर्मी,बजार व्यवस्थापक, पत्रकार लगायतको सहभागीता रहेको थियो ।

    370304753_1670446663366218_2124527997635196297_n.jpg
    undefined

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend