Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

एमसीसीका कार्यक्रमले नेपाली जनता लाभान्वित हुने-अर्थमन्त्री महत


१३, भदौ २०८०
  • 124
    SHARES
  • एमसीसीका कार्यक्रमले नेपाली जनता लाभान्वित हुने-अर्थमन्त्री महत

    काठमाडौं । मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) अन्तर्गतको मिलेनियम च्यालेन्ज सम्झौताको कार्यान्वयन सुरु भएको छ । 

    बुधबार सिंहदरबारमा अर्थमन्त्री डा प्रकाशशरण महत र एमसिसीका कम्प्याक्ट सञ्चालन सम्बन्धी उपाध्यक्ष क्यामेरोन अल्फोर्डबीच कार्यान्वयनसम्बन्धीपत्र आदान–प्रदान भएसंगै एमसिसी कार्यान्वयन सुरु गरिएको हो । 

    यसअघि गत साउन ३१ गते बसेको मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समितिको सञ्चालक समितिले भदौ १३ गतेलाई कार्यान्वयन मिति तोक्ने निर्णय गरेको थियो । 

    एमसिसी नेपाल कम्याक्टअन्तर्गत बन्ने विद्युत् प्रसारण लाइन र सडक निर्माण आयोजनाको काम इआइएफ मिति घोषणा भएको पाँच वर्षभित्रमा सम्पन्न गरिसक्नुपर्नेछ । एमसिसी कार्यान्वयन सुरु भएपछि अर्थमन्त्री डा महतले राष्ट्रिय गौरवको आयोजनाका रुपमा घोषित विद्युत प्रसारण आयोजना र नेपालको रणनैतिक सडक सञ्जालमा लगानी गर्ने सडक मर्मत आयोजनाको कार्यान्वयन घोषणा गर्न पाउदा खुसी लागेको बताउनुभयो । 

    उहाँले नेपालको आर्थिक बिकासलाई सघाउने एमसीसीका कार्यक्रमहरुले नेपाली जनता लाभान्वित हुने भन्दै तोकिएको समयभित्रै कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभयो ।

    त्यस्तै एमसिसीका कम्प्याक्ट सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामेरोन अल्फोर्डले नेपाल र एमसीसीबीचको साझेदारीका सन्दर्भमा यो उत्साहजनक क्षण भएको बताउनुभयो । नेपालको आर्थिक बृद्धिलाई अघि बढाउनका लागि नेपालसंग अन्य आवश्यक सहकार्य गर्ने उहाँको भनाइ छ ।

    सम्झौता अन्तर्गतका आयोजनामा खर्च हुने गरी चालु आर्थिक वर्षका लागि सरकारले रु १० अर्ब ८४ करोड १७ लाख बराबरको बजेट विनियोजन गरिएको छ । 

    अर्थ मन्त्रालय र अमेरिकी सरकारअन्तर्गतको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) बीच २०७४ भदौ २९ मा भएको मिलेनियम च्यालेन्ज सम्झौता भएको थियो । 

    उक्त सम्झौता २०७८ फागुन १५ गतेको संसद् बैठकबाट १२ बुँदे व्याख्यात्मक घोषणासहित अनुमोदन भएको थियो ।

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend