Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

मुलुक आर्थिक क्षेत्रबाट निराश हुनुपर्ने अवस्था छैन :अर्थमन्त्री महत


१४, भदौ २०८०
  • 182
    SHARES
  • मुलुक आर्थिक क्षेत्रबाट निराश हुनुपर्ने अवस्था छैन :अर्थमन्त्री महत

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको आर्थिक क्षेत्रबाट निराश हुनुपर्ने अवस्था नरहेको बताउनुभएको छ । 

    इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनमिक रिसर्चले बिहीबार काठमाडौँमा आयोजना गरेको साना राष्ट्रको क्षमता नेपालमा प्रतिष्पर्धाको परख र विदेश नीतिको प्राथमिकता विषयक कार्यक्रममा कोरोना महामारी र अन्तराष्ट्रिय परिवेशका कारण केहि प्रभाव परेपनि आर्थिक क्षेत्रबाट निराश हुनुपर्ने अवस्था नरहेको बताउनुभएको हो ।

    उहाले नीतिगत निर्णय परिपक्वका साथ नगर्दा आर्थिक क्षेत्रमा समस्या आएपनि सकारात्मक सम्भावनाहरु रहेको जिकिर गर्नुभयो । मन्त्री महतले मुलुकमा सम्भावना नै नरहेको भन्दै नकारात्मक सोच राख्दा आत्मबल कमजोर हुने जिकिर गर्नुभयो । आर्थिक बिकास र रोजगारी सिर्जनाको प्रचुर सम्भावना भएकाले यसलाई सदुपयोग गर्ने भन्नेमा सवैले जोड दिनुपर्ने उहाको भनाइ छ । 

    त्यस्तै पूर्वअर्थमन्त्री एवं माओवादी केन्द्रका नेता जनार्दन शर्माले नेपालमा जोखिमपूर्ण अवस्थामा लगानी गर्न हिचकिचाउने गर्दा लगानी भित्रन नसकेको बताउनुभयो ।

    उहाले आर्थिक कुटनीतिका कारण बिभिन्न देशले नेपालमा लगानी गरेको भन्दै लगानी प्रयासलाई बलियो बनाउनुपर्ने धारणा राख्नुभयो । शर्माले अर्थकुटनीतिक कमजोर हुँदा पनि लगानीमा समस्या देखिएको राज्यले यसमा बिशेष ध्यान दिनुपर्ने बताउनुभयो । 

    त्यस्तै पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले मुलुकको आर्थिक क्षेत्रमा चालू आर्थिक बर्ष निकै कठिन हुने देखिएको बताउनुभयो । विदेशी ऋण भन्दा पनि आन्तरिक ऋण बढ्नुले आगामी दिनमा आर्थिक क्षेत्रमा चूनौति देखिन सक्ने उहाको भनाइ छ । 

    उहाले छिमेकी मुलुक चीन र भारतको बिकासबाट नेपालले पनि फाइदा लिन सक्नुपर्नेमा जोड दिनुभयो । 

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend