Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

टेकनाथ रिजालको बयानः आफ्नो कुनै संलग्नता नरहेको दावी


१०, जेठ २०८०
  • 176
    SHARES
  • टेकनाथ रिजालको बयानः आफ्नो कुनै संलग्नता नरहेको दावी

    काठमाण्डौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रक्राउ परेका टेकनाथ रिजालले आफ्नो संलग्नता नरहेको दावी गरेका छन्। रिजालले अधिकारप्राप्त सरकारी अधिकारी समक्षको बयानका क्रममा आफू निर्दोष भएको दावी गर्दै टोपबहादुर रायमाझी, केशवप्रसाद दुलाल र सानु भण्डारीको संलग्नता रहेको बताएका छन्। रिजाल नक्कली भुटानी शरणार्थी प्रकरणमा भुटानी शरणार्थी नेता एवं अधिकारकर्मी हुन्। उनले बयानका क्रममा हाल अमेरिकामा रहेका अशोक पोखरेल पनि सानु भण्डारी र केशव दुलालका मतियार भई रकम लिने कार्यमा संलग्न रहेको बताएका छन्।

    उनले भनेका छन्,  ‘उनीहरूले पीडितहरूबाट रकम संकलन गरी लिने र संकलन भएको रकममध्येबाट आफूहरूले व्यापार बिजनेसमा खर्च गर्ने सोही रकममध्येबाट टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, गृहसचिव टेकनारायण पाण्डे समेतलाई दिने गरेको बाहिर सुनेको हुँ, के कति रकम लिए भन्ने म यकिनसाथ भन्न सक्दिनँ।

    नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने विषयबारे गोकुल थापा पनि जानकार रहेका रिजालले बयानका क्रममा भनेका छन्। आफूले रामशरण केसी सहितका ३४ जना व्यक्तिहरूको नक्कली भुटानी शरणार्थी कार्ड (परिचय पत्र) बनाएको अस्वीकार गरेका छन्। रामशरण केसीले सानु भण्डारी र केशव दुलालबाट परिचयपत्र लिई मलाई सही गराएको हुनसक्ने उनले बयानका क्रममा भनेका छन्।

    ‘सेवा सुविधा लिन सक्ने हैसियतका सानु भण्डारी र केशव प्रसाद दुलाल यस कार्यमा संलग्न भएको भएकाले मैले केही कार्डमा सहीछाप गरिदिएको हो’,  उनले अगाडि भने,  ‘बाँकी कार्डहरू प्रविधिको दुरुपयोग गरी वा अन्य कार्ड बनाए भन्ने मलाई थाहा भएन। जनक कार्कीलाई म चिन्दिनँ, निज मेरो सल्लाहकार पनि होइनन्।

    रिजालले थपेका छन्,  ‘मैले राम शरण केसीलगायत कसैको पनि रकम लिएको छैन। यो सबै झुट हो। मैले कार्ड बनाएको होइन, केशव प्रसाद दुलाल र सानु भण्डारीले मलाई दिएका केही कार्डहरूमा सहीसम्म गरेको हो। मैले कुनै कार्डहरू जलाएको र जलाउन लगाएको होइन। केही कार्डहरूमा केशवप्रसाद दुलाल र सानु भण्डारीले सही गराएका हुन्। कुन-कुन कार्डहरूमा मैले सही गरेका थिए भन्ने हाल यकिनसाथ भन्न सक्दिनँ। लक्ष्मी कोइराला, कृष्ण कोइराला, रामशरण के।सी। र प्रेम पन्थीका विरुद्धमा मैले प्रहरी वृत्त गौशालामा निवेदन दिएको हो।

  • एसपीलाई धम्क्याउने नेता अशोक यादव पक्राउ

    काठमाडौं । नेकपाका नेता अशोक यादव पक्राउ परेका छन् । मधेश प्रदेशका डीआईजी ओम अधिकारीले यादवलाई

  • सोलुखुम्बुमा हजुरबुबाको ह-त्या गरेको आरोपमा नाति प्रहरीकाे नियन्त्रणमा

    काठमाडौं ।प्रहरीले आफ्नै हजुरबुबाको हत्या गरेको आरोपमा २३ वर्षीय नातिलाई पक्राउ गरेको छ । सोलुखुम्बुमा ५०

  • प्रहरीमाथि अभद्र व्यवहारको आरोपमा युवक पक्राउ

    काठमाडौं - ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend