Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र बिक्री गर्ने


२३, भदौ २०८०
  • 162
    SHARES
  • राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र बिक्री गर्ने

    काठमाडौं । नेपाल राष्ट्र बैङ्कले सरकारलाई आवश्यक रकम जुटाउन १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । राष्ट्र बैङ्कले छ वर्ष अवधिको विकास ऋणपत्र २०८६ ‘झ’ बिक्री गर्न लागेको जनाएको हो ।

    बोलकबोल प्रक्रियाबाट बिक्री हुने विकास ऋणपत्र खरिदका लागि बैङ्क तथा वित्तीय संस्था, बिमाकम्पनी, गैरबैङ्क वित्तीय संस्था,सङ्गठित संस्था तथा नेपाली नागरिकले राष्ट्र बैङ्कको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिनसक्ने बताइएको छ । 

    ऋणपत्र खरिदका लागि इच्छुक खरिदकर्ताले प्रतिस्पर्धा र विना प्रतिस्पर्धा पनि सहभागी हुनसक्ने छन् । तर, राष्ट्र बैंकले प्रतिस्पर्धी खरिदकर्तालाई निष्कासित रकमको ८५ प्रतिशत अर्थात् आठ अर्ब ५० करोड रुपैयाँ छुट्याएको छ ।

    बिनाप्रतिस्पर्धा किन्न चाहनेका लागि भने १५ प्रतिशत अर्थात् एक अर्ब ५० करोड रुपैयाँ छुट्याइएको राष्ट्र बैङले जनाएको छ । खरिदकर्ताले ऋणपत्र धितो राखेर कर्जा लिन र दिनपाउने व्यवस्था छ । ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मार्फत मात्र हुन्छ ।

    इच्छुक लगानीकर्ताले भदौ २४ गते आइतबार दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सफ्टवेयरमार्फत बोलपत्र पेस गर्नुपर्ने राष्ट्र बैङ्कले जनाएको छ । ऋणपत्रमा न्यूनतम ५० हजार र बढीमा निष्कासित रकमको सीमा नबढाई ५० हजारले भागगर्दा निःशेष भाग जाने अङ्कसम्म माग गर्न सकिने सूचनामा उल्लेख गरिएको छ । ऋणपत्र भदौ २५ गते सोमबार निष्कासन हुनेछ भने यसको साँवा भुक्तानी २०८६ भदौ २५ गते हुने राष्ट्र बैङ्कले जनाएको छ ।

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend