Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

गणेशमान सिंहहरुको योगदान कै कारण लोकतन्त्र स्थापना सम्भव भएको हो: अर्थमन्त्री महत


२, असोज २०८०
  • 168
    SHARES
  • गणेशमान सिंहहरुको योगदान कै कारण लोकतन्त्र स्थापना सम्भव भएको हो: अर्थमन्त्री महत

    भक्तपुर । अर्थमन्त्री डा. प्रकाशशरण महतले, गणेशमान सिंहजस्ता व्यक्तित्वहरुको योगदानले देशमा लोकतान्त्रिक संविधान स्थापना सम्भव भएको बताउनुभएको छ । 

    आज भक्तपुरमा आयोजित गणेशमान सिंहको प्रतिमा अनावरण समारोहमा उहाँले देशमा लोकतान्त्रिक अधिकार र कानूनी शासन स्थापनाको लागि गणेशमान सिंहको योगदान अतुलनिय भएको भन्दै आउने पिढीले पनि त्यसलाई प्रेरणाको रुपमा लिनुपर्ने बताउनुभयो । 

    उहाँले भन्नुभयो, ‘यो देशमा लोकतान्त्रिक अधिकार र कानूनी शासन स्थापनाको लागि गणेशमान सिंहको योगदान अतुलनीय छ । अनेक चुनौतीहरु भोग्दै हामीले समावेशि लोकतान्त्रिक संविधान स्थापित गरेका छौँ । त्यो गणेशमान सिंह जस्तो व्यक्तित्वहरुको योगदानले सम्भव भएको हो । उहाँहरुबाट प्रेरणा लिएर अगाडि बढ्नु पर्छ र आउने पिढीलाई पनि त्यो योगदानलाई नभुल्न र सिंहले दिएको सन्देशलाई जान्न र बुझ्न प्रेरित गरिराख्नु पर्छ ।’

    यस्तै, उहाँले केन्द्र, स्थानिय र प्रदेश सरकारको सहभागितामा पार्क निमार्णको काम पूरा गर्न सकिन्छ भन्ने विश्वास पनि व्यक्त गर्नुभएको छ । समग्र सरकारको तर्फबाट सुशासन, लोकतान्त्रिक मूल्य र मान्यतालाई स्थापना गर्न र सिंहले देखाएको बाटोमा लाग्न सरकार प्रतिबद्ध रहेको पनि उहाँको भनाई छ । 

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend