Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

निर्वाचन प्रणाली खर्चिलो भइदिँदा विकृति–विसङ्गति मौलायो


१२, असोज २०८०
  • 162
    SHARES
  • निर्वाचन प्रणाली खर्चिलो भइदिँदा विकृति–विसङ्गति मौलायो

    काठमाडौँ । मुलुकको राजनीतिक, आर्थिक तथा कूटनीतिक क्षेत्रमा विशिष्ट योगदान पुर्याउनुभएका व्यक्तित्वहरूले राजनीतिक स्थायित्व, चलायमान आर्थिक गतिविधि र सुरक्षाको प्रत्याभूतिका लागि देश आत्मनिर्भर हुनुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।

    एकीकृत विकास प्रणालीका पक्षमा अध्ययन, अनुसन्धान गर्ने आइआइडीएस नामक संस्थाद्वारा आयोजित ‘नेपालको विगत र भविष्यको आर्थिक कूटनीति’ विषयक प्रवचन कार्यक्रममा उहाँहरूले राजनीतिक स्थायित्व, दिगो आर्थिक विकास, सांस्कृतिक पहिचान एवं संरक्षण र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षा व्यवस्थाका आर्थिक कूटनीतिमा जोड दिँदै मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउनुपर्ने बताउनुभयो ।

    वक्ताहरूले मुलुकको निर्वाचन प्रणाली खर्चिलो भइदिँदा विकृति–विसङ्गति मौलाएकाले त्यसलाई सम्बोधन गर्नुपर्ने, समग्र देश र जनताका पक्षमा राष्ट्रिय शक्तिहरूका बीच आन्तरिक एकता हुनुपर्ने, देशभित्र लगानीको वातावरण सिर्जना गरी रोजगारीको समस्या हल गर्नुपर्ने, युवा शक्तिलाई विदेश पलायन हुनबाट रोक्नुपर्ने र आर्थिक कूटनीतिलाई प्राथमिकता दिई अन्तर्राष्ट्रिय लगानी भित्र्याउनुपर्ने खाँचो औँल्याउनुभयो ।

    कार्यक्रममा राप्रपाका नेता, पूर्व अर्थ तथा विदेशमन्त्री डा. प्रकाशचन्द्र लोहनीले प्राकृतिक सम्पदाले भरिपूर्ण देश नेपाल सत्ता केन्द्रित राजनीतिका कारण पछि पर्नुपरेको धारणा व्यक्त गर्दै सबैभन्दा पहिले छिमेकी देश चीन र भारतको विश्वास जिती लगानी गर्न इच्छुक बाह्य देश तथा अन्तर्राष्ट्रिय निकायलाई आकर्षित गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।

    संयुक्त राष्ट्रसङ्घका पूर्व स्थायी कूटनीतिक प्रतिनिधि प्रा डा.जयराज आचार्यले शान्ति सेनाका हैसियतले नेपालले कमाएको प्रख्यातिलाई देश विकासका पक्षमा प्रयोग गर्नुपर्ने, राष्ट्रिय शान्ति स्थापना, उन्नत तथा व्यवस्थित कृषि प्रणाली  र पूर्वाधार निर्माणका क्षेत्रमा समेत नेपाली सेनालाई प्राथमिकता दिनुपर्ने, सही व्यक्तिलाई उचित स्थानमा जिम्मेवारी दिई आर्थिक कूटनीतिमा जोड दिनुपर्ने सुझाव दिनुभयो ।

    आयोजक संस्थाका अध्यक्ष, सांसद तथा अर्थविद् डा. स्वर्णिम वाग्लेले मुलुकको समग्र राज्य संयन्त्रलाई अझ व्यवस्थित र सुदृढ तुल्याउँदै लगानीमैत्री नियम, कानुनको व्यवस्था गरी अन्तर्राष्ट्रिय निकायसहित विश्वभर छरिएर रहेका नेपाली समुदायको समेत लगानी भित्र्याउन सम्बद्ध पक्षको ध्यानाकर्षण गर्नुभयो । 

    डा. लोहनी, डा. भेषबहादुर थापा र पूर्व मुख्यसचिव एवं अर्थविद् कुलशेखर शर्माले करिब ४० वर्षअघि स्थापना गर्नुभएको सो संस्थाले मुलुकको अर्थतन्त्रसहित समग्र  आर्थिक गतिविधि सम्बन्धी निरन्तर रूपमा अध्ययन अनुसन्धान गर्दै आएको बताउनुभयो ।

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend