Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

निरा पाण्डेको हत्या आरोपित विनोद पुर्पक्षका लागि थुनामा


१३, जेठ २०८०
  • 141
    SHARES
  • निरा पाण्डेको हत्या आरोपित विनोद पुर्पक्षका लागि थुनामा

    काठमाडौं । काठमाडौंको कपनकी निरा पाण्डेको हत्या अभियोगमा पक्राउ परेका विनोद विश्वकर्मा पुर्पक्षका लागि थुनामा पठाइएका छन्।  काठमाडौं जिल्ला अदालतका न्यायाधीश चन्द्रप्रकाश तिवारीको इजलाशले विश्वकर्मालाई पुर्पक्षमा पठाएको सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख एवं सहन्यायधिवक्ता अच्युतमणि न्यौपानेले जानकारी दिए। 

    उनले पाण्डेको हत्या गरेको आरोप थियो। यता प्रहरीले अर्का एक जनालाई पनि प्रतिवादी बनाएर अदालतमा पेश गरेको थियो। काठमाडौंको तार्केश्वर नगरपालिका-१० हिलेटोलमा पाथिभरा सुनचाँदी पसल सञ्चालन गरी बसेका २३ वर्षीय प्रदिप गदाइलीलाई पनि प्रहरीले अदालतमा पेश गरेको थियो। विनोद विश्वकर्माले निरा पाण्डेको हत्यापछि लुटेको सिक्री उनले किनेको पाएपछि प्रहरीले उनलाई पनि पक्राउ गरेको थियो। उनलाई भने इजलाशले एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो। 

    केन्द्रीय अनुसन्धान ब्युरोले यस प्रकरणको अनुसन्धान कर्तव्य ज्यान तथा डाँका चोरी सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको थियो। वैशाख ७ गते दिउँसो आफ्नै पसलमा बसिरहेको बेलामा निरा पाण्डेको हत्या भएको थियो। उनको शरीरमा पटक पटक चक्कु प्रहार समेत भएको थियो। 

  • एसपीलाई धम्क्याउने नेता अशोक यादव पक्राउ

    काठमाडौं । नेकपाका नेता अशोक यादव पक्राउ परेका छन् । मधेश प्रदेशका डीआईजी ओम अधिकारीले यादवलाई

  • सोलुखुम्बुमा हजुरबुबाको ह-त्या गरेको आरोपमा नाति प्रहरीकाे नियन्त्रणमा

    काठमाडौं ।प्रहरीले आफ्नै हजुरबुबाको हत्या गरेको आरोपमा २३ वर्षीय नातिलाई पक्राउ गरेको छ । सोलुखुम्बुमा ५०

  • प्रहरीमाथि अभद्र व्यवहारको आरोपमा युवक पक्राउ

    काठमाडौं - ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend