Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

निर्वाचन कार्यालयको औचित्य छैन : पूर्वअध्यक्ष उप्रेती


१६, असोज २०८०
  • 143
    SHARES
  • निर्वाचन कार्यालयको औचित्य छैन : पूर्वअध्यक्ष उप्रेती

    काठमाडौँ । नीति अनुसन्धान प्रतिष्ठानका पूर्वअध्यक्ष डा.विष्णुराज उप्रेतीले जिल्ला निर्वाचन कार्यालयको आवश्यकता र औचित्य नभएको बताउनुभएको छ । 

    सिंहदरबारमा मंगलबार बसेको राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सारोकार तथा समन्वय समितिको बैठकमा उप्रेतीले जिल्ला निर्वाचन कार्यालयले गर्ने काम अरु निकायबाट हुने गरेको भन्दै त्यसको कुनै आवश्यकता नरहेको बताउनुभयो ।

    चालू आर्थिक बर्षको बजेटमा सरकारले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने घोषणा गरेपनि त्यस बिषयमा नबुझि विवाद हुदाँ अर्थ मन्त्रालयले कार्यान्वयन गर्न नसकेको उहाँले बताउनुभयो ।

    उहाँले मुलुकको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र मितव्ययी तुल्याउन निर्वाचन प्रणाली तथा व्यवस्थापन प्रकृयामा आधारभूत सुधारको खाँचो रहेको र बन्न लागेको नयाँ निर्वाचन सम्बन्धी कानूनले केहि सुधार गर्न सक्ने धारणा राख्नुभयो । 

    निर्वाचन आयोगले गरेको अनुरोधमा नीति अनुसन्धान प्रतिष्ठानले नेपाल ल क्याम्पससँगको सहकार्यमा गरेको अध्ययनका क्रममा आयोगका पदाधिकारीलाई छलफलमा बोलाउदा इन्कार गरेको उहाँले गुनासो गर्नुभयो ।

    उहाँले सवै प्रकारका निर्वाचनहरुको मिति ऐनमा तोक्नुपर्नेमा जोड दिनुभयो । उहाँले अहिलेको निर्वाचन प्रणाली र निर्वाचन क्षेत्र परिवर्तनको आवश्यकता देखिएको बताउनुभयो ।  

    उहाँले विदेशमा रहेका नागरिकको मताधिकारका बिषयमा परराष्ट्र मन्त्रालयले सहयोग नगरेसम्म केहि नहुने जिकिर गर्नुभयो । उप्रेतीले मतदाता शिक्षालाई स्थानीय तह, राजनीतिक दल तथा विभिन्न संघसस्थामार्फत नागरिक शिक्षाकारुपमा निरन्तर सञ्चालन तथा पठ्यक्रममा समावेश गर्नुपर्ने आवश्यकता दिइएको बताउनुभयो । 

     

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend