Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

चाडपर्वलाई लक्षित गरी अनुगमनलाई तीव्रता


१७, असोज २०८०
  • 141
    SHARES
  • चाडपर्वलाई लक्षित गरी अनुगमनलाई तीव्रता

    काठमाडौँ । सरकारले आसन्न चाडपर्वको बेला हुनसक्ने कालोबजारी र अस्वभाविक मूल्यबृद्धि रोक्नका लागि बजार अनुगमनलाई तीव्रता दिने भएको छ । 

    सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले खाद्य तथा गैर खाद्य बस्तुहरुको बिक्रि वितरणको अवस्थाबारे नियमित बजार अनुगमन गरि दोषी पाइए कारबाही गर्न सम्बन्धीत निकायलाई निर्देशन दिएको हो । बैठकले चाडपर्व लक्षित खाद्य बस्तुहरुको बिक्रि बितरणका लागि सार्वजनिक निकायहरुलाई सूपथ मूल्य पसल स्थापना गर्न पनि निर्देशन दिएको छ ।

    त्यस्तै बैठकले चाडपर्वको बेला उच्च माग हुने बस्तुहरुको कृत्रिम अभाव सिर्जना गरि अस्वभाविक मूल्यबृद्धि कालोबजारी, अखाद्य बस्तु मिसावट गरि गुणस्तरहिन तवरले बिक्रि वितरण गर्ने अनुुचित कार्यहरु नगर्न र नगराउन सम्पूर्ण उद्योगी व्यवसायीहरुलाई ध्यानाकर्षण गराउने निर्णय पनि गरिएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो ।

    बैठकले सामाजिक सञ्जाललाई मुलुकको हितलाई ध्यानमा राखेर मर्यादित तवरले प्रयोग गर्न अपिल पनि गरेको उहाँले बताउनुभयो । सामाजिक सञ्जालमा आधारहित कुरा, जातिय भेदभाव दुरुत्साहन, शान्ति सुरक्षा भंग हुने खालको सामाग्री प्रकाशन  नगर्न आग्रह गरिएको उहाँले बताउनुभयो । 

    बैठकले विशेष अदालतसम्बन्धी नियमावली २०८० स्वीकृत गर्ने र निर्माणजन्य सामाग्री व्यवस्थापन तथा नियमन, विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने गरेको छ भने सहीद दशरथचन्द स्वास्थ्य बिज्ञान विश्वविद्यालयसंगसबन्धीत बिधेयक पनि संघीय संसदमा पेश गर्न स्वीकृत दिने निर्णय गरिएको प्रवक्ता शर्माले बताउनुभयो ।  

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend