Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट विनियोजन : अर्थमन्त्री महत


१९, असोज २०८०
  • 168
    SHARES
  • स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट विनियोजन : अर्थमन्त्री महत

    काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर नै सरकारले बजेट विनियोजन गरिएको बताउनुभएको छ । 

    पिपुल्स एक्सेस टू एडिक्योट नेचुरल इन्फ्रास्ट्रक्चर्सले आज यहाँ आयोजना गरेको सन् २०३० सम्ममा पाठेघरको मुखको क्यान्सर उन्मूलन गर्न सार्वजनिक निजी साझेदारीमार्फत नेपालमा एचपिभी खोपलाई प्रवर्द्धन गर्नेसम्बन्धी एकदिने कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उहाँले स्वास्थ्यमा सबैभन्दा बढी जुन जनसङ्ख्यालाई प्रभावित बनाएको हुन्छ, त्यसैमा सरकारले लगानी गर्ने बताउनुभयो ।

    उहाँले सरकारसँग सीमित साधन स्रोत रहेकाले निजी र अन्तराष्ट्रिय क्षेत्रसँगको सहकार्य गर्नुपर्ने भनाइ राख्नुभयो । “हाम्रा स्वास्थ्यका आवश्यकता धेरै र साधन स्रोत न्यून छन्”, उहाँले भन्नुभयो, “थोरै स्रोत साधनलाई सदुपयोग गरेर प्राथमिकता साथ काम गर्नुपर्दछ ।”

    मन्त्री डा. महतले अझै पनि बजेट विनियोजनमा जसले प्रभाव पार्न सक्दछ, त्यही किसिमले बजेट विनियोजन हुने गरेको उल्लेख गर्दै त्यसलाई अन्त्य गर्नुपर्ने भनाइ राख्नुभयो । उहाँले सबभन्दा बढी प्रतिफल दिने क्षेत्रमा बजेट प्राथमिकतामा पर्ने बताउनुभयो ।

    उहाँले आगामी आर्थिक वर्षदेखि बजेट विनियोजन गर्दा पनि हाम्रा आवश्यकता र सबैभन्दा बढी जनसङ्ख्यालाई प्रभाव पार्ने स्वास्थ्य, शिक्षा र पूर्वाधारका क्षेत्र के–के हुन् त्यसलाई पहिल्याएर विनियोजन गरिने बताउनुभयो । 

    पाठेघरको मुखको क्यान्सर धेरै महिलालाई लाग्ने गरेको उल्लेख गर्दै उहाँले सरकारले पाठेघरको मुखमा हुने क्यान्सर निर्मूलका लागि काम गरिरहेको बताउनुभयो । उहाँले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप एचपिभीले क्यान्सर लाग्नमा कारक तत्वलाई निवारण गर्ने र रोग लाग्ने सम्भावनालाई समाप्त पार्ने बताउनुभयो ।

    उहाँले क्यान्सर लागेपछि आर्थिक सामाजिक, मानसिक, शारीरिक समस्या सिर्जना गर्ने र त्यो आउन नदिनका लागि किशोरी अवस्थामा नै खोप लगाउनुपर्ने बताउनुभयो । मन्त्री डा.महतले वैदेशिक ऋणको सावाँब्याजको दायित्व बढिरहेको उल्लेख गर्दै विकास खर्च, स्वास्थ्य र शिक्षा जस्ता महत्वपूर्ण विषयमा थप दबाब बढिरहेकाले निजी क्षेत्रसँग सहकार्य गरेर मुलुकलाई अगाडि बढाउनुपर्ने उहाँको भनाइ छ ।

    पाठेघरको मुखमा हुने क्यान्सर अहिले महिलामा बढिरहेको उल्लेख गर्दै उहाँले खोप लगाउनका लागि सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले पाठेघरको क्यान्सर निर्मूल पार्ने सरकारको प्राथमिकताभित्र पर्ने भएकाले सोहीअनुसार बजेट विनियोजन गर्ने बताउनुभयो ।

    कार्यक्रममा क्यान्सर रोग विशेषज्ञ डा.अरुण शाहीले नेपालमा हरेक दिन छ महिलामा पाठेघरको मुखमा क्यान्सर हुने गरेको उल्लेख गर्दै यसका लागि एचपिभी खोपले नै क्यान्सरलाई बचाउने बताउनुभयो । 

    उहाँले राष्ट्रिय कार्यक्रममा समावेश गरेर नै प्रत्येक वर्ष पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप एचपिभी लगाउनुपर्ने बताउनुभयो । उहाँले २६ वर्षभन्दा माथिका महिलालाई खोपले काम नलाग्ने भन्दै ९ देखि १५ वर्ष मुनिका किशोरीलाई खोप लगाउनुपर्ने बताउनुभयो । 

    क्यान्सर रोग विशेषज्ञ डा. शाहीले एचपिभी खोप ९९ प्रतिशत प्रभावकारी रहेको जनाउँदै २१ देखि ६५ वर्ष उमेर समूहका महिलालाई पहिचान गरेर क्यान्सर रोगबाट बचाउनुपर्ने बताउनुभयो । 

    नेपालका महिलालाई लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर सबैभन्दा बढी लाग्ने गर्दछ । महिलामा असुरक्षित यौन सम्पर्क, धुम्रपान र सानै उमेरमा विवाह गर्ने जस्ता कारणले पाठेघरको मुखमा क्यान्सर हुने गर्दछ ।

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend