Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

सुपथ मूल्यमा पसल सञ्चालन 


२१, असोज २०८०
  • 162
    SHARES
  • सुपथ मूल्यमा पसल सञ्चालन 

    काठमाडौँ । सरकारले दसैँ, तिहार, छठलगायत ठूला चाडपर्वमा सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले देशभर सुपथ मूल्यमा पसल सञ्चालन गरेको छ । 

    सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट्र ट्रेडिङ तथा दुग्ध विकास संस्थानले आइतबारदेखि देशभर सुपथ मूल्य पसल सञ्चालन गरेको हो । सुपथ मूल्य पसलको खाद्य व्यवस्था तथा व्यापार कम्पनी काठमाडौंमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले शुभारम्भ गर्नुभयो । 

    आम उपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सहुलियत मूल्यमा उपलब्ध गराउन सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको मन्त्री रिजालले बताउनुभयो । उहाँले बजारमा व्यवसायीक क्रियाकलापलाई स्वच्छ पारदर्शी एवं प्रतिष्पर्धी बनाउदै गुणस्तरीय बस्तु तथा सेवामा उपभोक्ताको पहँच पुराई उपभोक्ताको अधिकार संरक्षण गर्न सरकार प्रतिवद्ध रहेको धारणा राख्नुभयो ।

    सरकारले अहिले संयुक्त बजार अनुगमनको कार्ययोजना तयार गरि निरन्तर बजार अनुगमन गरिरहेको उहाले बताउनुभयो । उहाँले अनुगमनका क्रममा उपभोक्ताको अधिकार र हित बिपरितको कार्य गर्नेलाई सरकारले निर्मम भएर कारवाही गर्ने प्रतिवद्धता जनाउनुभयो ।

    चाडबाडको समयमा उपभोक्ता बजारमा निजी क्षेत्रको एकाधिकार हुन नदिन भन्दै सरकारले हरेक वर्ष सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । काठमाडौँ उपत्यकामा रहेका बिक्री केन्द्र र तीन घुम्ती पसल गरी ३५ स्थानबाट सुपथ मूल्यमा खाद्यान्न बिक्री वितरणको व्यवस्था मिलाइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ । 

    उपत्यका बाहिर झापा, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, मुस्ताङ लगाएतका स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरिएको छ । बिक्री कक्षबाट उपभोक्ताले सबै किसिमका चामल, दाल, गहुँ, आटा, पीठो, तेल लगाएतका खाद्य सामाग्रीहरुमा छुट पाउने व्यवस्था समेत गरिएको छ ।

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend