काठमाडौं । अर्थविद् डा. अच्युत वाग्लेले अर्थतन्त्रको जटिलता समाधानका लागि सरकारी निकायबीच तालमेल नभएको बताउनुभएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौंमा बिहीबार आयोजना गरेको राष्ट्रिय आर्थिक बहस कार्यक्रममा बोल्दै डा. वाग्लेले अहिले अर्थतन्त्रमा समस्या के हो भन्ने समेत पहिचान नभएको भन्दै त्यसमा सरकारी निकायबीच बेमेल र आपसी सहकार्यको अभाव भएको बताउनुभयो ।
सरकारको नीति र नेपाल राष्ट्र बैंक बीचमा बेमेल देखिएको भन्दै उहाँले भन्नुभयो, ‘मैले प्रधानमन्त्रीलाई सोध्दा नै अर्थमन्त्री र गभर्नर बीच तालमेल भएको छ भन्नु भएको थियो,’ मन त मिल्यो तर नीति मिलेन जुन अहिले देखिन्छ ।’