Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

अख्तियारमा तनहुँबाट धेरै उजुरी


२५, असोज २०८०
  • 184
    SHARES
  • अख्तियारमा तनहुँबाट धेरै उजुरी

    तनहुँ । गण्डकी प्रदेशस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा तनहुँबाट धेरै उजुरी परेका छन् । प्रदेशका ११ जिल्लामध्ये एक वर्षको अवधिमा कास्की पहिलो र तनहुँ दोस्रो धेरै उजुरी पर्ने जिल्लाका रुपमा रहेका आयोगको कार्यालयले जनाएको छ ।

    तनहुँमा आर्थिक वर्ष २०७९/८० मा एक सय ९४ उजुरी परेका छन् । गत आवमा आ.व २०७८/७९ बाट जिम्मेवारी सरी आएका थप ६५ उजुरी थपिएका थिए । कूल दुई सय ५९ मध्ये उक्त अवधिमा एक सय ८८ उजुरी फछ्र्योट भएका आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेशमा धेरै उजुरी पर्नेमा कास्की पहिलो र तनहुँ दोस्रो स्थानमा छन् ।

    कास्कीबाट एक वर्षको अवधिमा पाँच सय ८६ उजुरी परेको थियो । अघिल्लो वर्षको सरी आएका एक सय ७४ सहित सात सय ६० उजुरी रहेकामा पाँच सय ३७ उजुरी फछ्र्योट भएका आयोग कार्यालयले जनाएको छ । 

    प्रवक्ता दाहालका अनुसार गोरखामा एक सय ४० मध्ये एक सय छ, मनाङमा २४ मध्ये १८, मुस्ताङमा २५ मध्ये १६, म्याग्दीमा ९४ मध्ये ७१, लमजुङमा ६९ मध्ये ५२, नवलपुरमा एक सय ४४ मध्ये ९३, पर्वतमा एक सय ८३ मध्ये एक सय २५ र बागलुङमा एक सय ५७ उजुरी रहेकामा एक सय १९ फछ्र्योट भएका छन् । 

    आयोगमा प्रदेशका जिल्लाबाट घिल्लो वर्षकोसहित गत वर्ष कूल दुई हजार १८ उजुरी दर्ता भएकामा एक हजार चार सय ३७ फछ्र्योट भएका आयोगले जानकारी दिएको छ । आयोगमा अधिकांश उजुरी स्थानीय तहका पर्ने गरेका छन् । 

    स्थानीय तहले नदीजन्य वस्तुको निकासी तथा जथाभावी दोहन, दोहोरोरतेहोरो भुक्तानी र बिना काम भुक्तानी, घर नक्शा तथा बाटो, अन्य सिफारिसमा अनियमितता, करारमा कर्मचारी नियुक्ति गर्दा अनियमितता, जथाभावी भत्ता सुविधा लिने, नक्कली बिल भरपाई बनाइ भुक्तानी दिने, ठेकेदार र प्राविधिकसँग अवाञ्छित गतिविधिलगायत विषयमा उजुरी पर्ने गरेका प्रवक्ता दाहालले बताउनुभयो । 

    उहाँका अनुसार आयोगमा तनहुँका दशवटै पालिकाका उजुरी परेका छन् । अख्तियारमा मापदण्ड बिना कार्यक्रम सञ्चालन, गुणस्तरीय काम नभएकोलगायत विषयमा धेरै उजुरी परेका दाहालले जानकारी दिनुभयो ।  

    स्वीकृत कार्यक्रमको लागत अनुमान, कार्यविधि, मापदण्ड नबनाइ कानुनी आधारबिना कार्यक्रम सञ्चालन, ठेक्कामा गएका पूर्वाधार आयोजनाको समय र लागतमा वृद्धि, कानुन बमोजिम गठित विभिन्न अनुगमन तथा समितिको काम कारबाही र अनुगमन फितलो देखिएको, अनुगमनकर्ता अनुगमनका सूचक र विधिबारे जानकार नभइ अनुगमन गर्ने गरेको आयोग कार्यालयले जनाएको छ । 

    त्यस्तै अनुगमनबाट प्राप्त निष्कर्ष योजना निर्माणमा समायोजन नगरिएको, कतिपय आयोजना छनोट कार्यको आवश्यकता र औचित्य पुष्टि हुन नसकेको, दोहोरो कर लिने गरेको, सरकारी, सार्वजनिक जग्गा अतिक्रमण बढेको, सरकारी उपयोगिता न्यून देखिएको, जमिनको संरक्षण गर्दै अतिक्रमण हटाउने कार्य निष्प्रभावी रहेको, रुग्ण आयोजना कार्यान्वयनमा सम्बन्धित निकायले चासो नदेखाएकोलगायत विषयमा बढी उजुरी पर्ने गरेको आयोग कार्यालयले जनाएको छ । 

  • एसपीलाई धम्क्याउने नेता अशोक यादव पक्राउ

    काठमाडौं । नेकपाका नेता अशोक यादव पक्राउ परेका छन् । मधेश प्रदेशका डीआईजी ओम अधिकारीले यादवलाई

  • सोलुखुम्बुमा हजुरबुबाको ह-त्या गरेको आरोपमा नाति प्रहरीकाे नियन्त्रणमा

    काठमाडौं ।प्रहरीले आफ्नै हजुरबुबाको हत्या गरेको आरोपमा २३ वर्षीय नातिलाई पक्राउ गरेको छ । सोलुखुम्बुमा ५०

  • प्रहरीमाथि अभद्र व्यवहारको आरोपमा युवक पक्राउ

    काठमाडौं - ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend