Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

अर्थतन्त्रको समस्या समाधान गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री दाहाल 


२५, असोज २०८०
  • 166
    SHARES
  • अर्थतन्त्रको समस्या समाधान गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री दाहाल 

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रको समस्या समाधान गर्न उच्चस्तरीय संयन्त्र बनाउन सरकार तयार रहेको बताउनुभएको छ । 

    नेपाल उद्योग वाणिज्य महासंघले बिहीबार काठमाडौंमा अयाोजना गरेको राष्ट्रिय आर्थिक बहस, सुधारका लागि सहकार्य बिषयक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सिंगो राष्ट्रलाई विश्वासमा लिएर आर्थिक गतिविधिलाई नयाँ गति दिन सकिने भन्दै यसका लागि सवै पक्ष सम्मिलित उच्चस्तरीय संयन्त्र बनाउन सरकार तयार रहेको बताउनुभएको हो ।

    अर्थतन्त्रको समस्या समाधान गर्न निजी क्षेत्र, सरकार, विज्ञ, अर्थ मन्त्रालय, राष्ट्र बैंक लगाएत सहभागी हुनेगरी संयन्त्रको खाँचो रहेको उहाको भनाइ छ । उहाँले अर्थतन्त्रमा भएको समस्याको बिन्दूबाट समाधानको प्रक्रिया खोज्नुपर्ने बताउनुभयो ।

    प्रधानमन्त्री प्रचण्डले अहिलको अवस्थामा समान्य तरिकाले अर्थतन्त्रको सुधार हुन नसक्ने भन्दै बोल्ड डिसिजनको आवश्यता रहेको बताउनुभयो । वित्तीय र मौद्रिक नीतिमा तालमेल गर्न केही न केही सुधार भएको भन्दै उहाले मुल सुधार बाँकी रहेको उहाको भनाइ छ । 

    कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले अर्थतन्त्रका मूलभूत समस्या अझै समाधान नभएकाले सहि समयमा सहि नीति लिन नसके सुधारको सम्भावना नरहेको बताउनुभयो ।

    उहाँले अर्थतन्त्र सुधारका लागि प्रधानमन्त्रीको नेतृत्वमा तत्काल आर्थिक सुधार आयोग वा अन्य कुनै उच्च स्तरिय कानुनी हैसियत भएको संयन्त्र गठन गर्नु जरुरी रहेको धारणा राख्नुभयो । 

    अध्यक्ष ढकालले सबै पक्ष मिलेर काम गरे सबै समस्याको समाधान सम्भव रहेको भन्दै निजी क्षेत्रको मनोबल बढाउने बिषयमा सरकार सकारात्मक हुनुपर्नेमा जोड दिनुभयो । 

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend