Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

कोरियालाई नेपालमा लगानी गर्न अर्थमन्त्रीको आग्रह


२५, असोज २०८०
  • 168
    SHARES
  • कोरियालाई नेपालमा लगानी गर्न अर्थमन्त्रीको आग्रह
    काठमाडौँ । विश्व बैंकको वार्षिक बैठकको सिलसिलामा मोरक्कोको मराकेसमा रहनुभएका अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानी गरेका विदेशी कम्पनीहरुले मुनाफा आर्जन गरिरहेकाले दक्षिण कोरियाली कम्पनीहरुलाई पनि लगानी गर्न आग्रह गर्नुभएको छ । 
     
    कोरियाका उपप्रधानमन्त्री तथा अर्थमन्त्री चु क्यूङसँगको आज भएको भेटमा अर्थमन्त्री महतले नेपालमा लगानी गरेका सबै विदेशी कम्पनीले लगानीको प्रतिफल प्राप्त गरिरहेकाले कोरियाली कम्पनीलाई पनि नेपालमा लगानीको उपयुक्त अवसर भएको बताउँदै पुँजी परिचालन गर्न आग्रह गर्नुभएको अर्थमन्त्रालयले जनाएको छ ।
     
    “नेपालमा लगानी गरेका भारतीय बहुराष्ट्रिय कम्पनी डाबर, अमेरिकी बहुराष्ट्रिय कम्पनी कोकोकोला र पेप्सी, भारतीय कम्पनी आइटिसी इण्डिया मात्रै होइन मलेसियन टेलिकम कम्पनीले पनि मुनाफा आर्जन गरिरहेका छन्”, मन्त्री महतले कोरियाली उपप्रधानमन्त्रीलाई भन्नुभयो, “हामीहरुले चालू आर्थिक वर्षको बजेटमार्फत निजी क्षेत्रको लगानीलाई थप सहजीकरण गर्ने प्रयास गरेका छौँ । आगामी दिनमा पनि निजी क्षेत्रलाई सुविधा दिने हाम्रो योजना छ । कोरियाली लगानीकर्तालाई नेपालमा स्वागत गर्न हामी आतुर छौँ ।”
     
    नेपालमा व्यापार तथा लगानीको वातावरणमा निरन्तर सुधार भइरहेकाले कोरियाली लगानीकर्तालाई झन्झट नहुने आश्वस्त पार्दै भारत सरकारले नेपालबाट १० हजार मेगावाट बिजुली खरिद गर्ने निर्णय गरिसकेको जानकारी दिनुभयो । उहाँले जलविद्युत् उत्पादन, प्रसारण र वितरण लाइन, डिजिटल क्षेत्र, कृषि, पर्यटन क्षेत्रमा लगानी गरे त्यसले राम्रो प्रतिफल दिने  बताउनुभयो ।
      
    अर्थ मन्त्रालयका अनुसार नेपालमा पर्यटन विकासको प्रचुर सम्भावना रहेको तर कमजोर भौतिक पूर्वाधारले समस्या भएकाले कोरिया सरकारलाई पूर्वाधार विकासमा सहुलियतपूर्ण कर्जा, अनुदान, क्षमता विकासमा सहयोग गर्न उहाँले आग्रह गर्नुभयो ।
     
    कोरियाली उपप्रधानमन्त्रीले नेपालको पूर्वाधार विकासमा सहयोग गर्न आफू तयार रहेको बताउँदै केही कोरियाली लगानीमा दोहोरो करसम्बन्धी समस्या रहेको भन्दै त्यसलाई समाधान गर्न मन्त्री महतलाई आग्रह गर्नुभयो । 
     
    मन्त्री महतले दोहोरो करसम्बन्धी समस्या समाधान गर्न आफू तयार रहेको र कोरियाली लगानीलाई संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले कोरियाका उपप्रधानमन्त्री नेपाल भ्रमण गर्न आमन्त्रण गर्नुभयो । उपप्रधानमन्त्री चु क्यूङले आफू नेपाल भ्रमण गर्न इच्छुक रहेको भन्दै यथासक्य छिटो एजेण्डा तय गर्न आग्रह गर्नुभयो । अर्थमन्त्री महतले १२ हजार नेपालीलाई रोजगारीको अवसर प्रदान गरेकामा कोरिया सरकारको सराहना गर्नुभयो । 
    नेपालले जलविद्युत् परियोजना निर्माणमा प्रगति गरे पनि कमजोर प्रसारण लाइनले जलविद्युत् क्षेत्रबाट अपेक्षित लाभ लिन नसकेकाले प्रसारण लाइन निर्माणमा लगानी गर्न आग्रह गर्नुभयो ।
     
    कोरियाका उपप्रधानमन्त्री तथा अर्थमन्त्री चु क्यूङलाई अर्थमन्त्री महतले नेपाल वायुसेवा निगमलाई कोरियामा सिधा उडान अनुमति दिन माग गर्नुभयो । कोरियन एयरलाइन्सले नेपालमा सिधा उडान गरिरहँदा नेपाल वायुसेवा निगमलाई पनि सिधा उडानको अनुमति दिनुपर्नेमा मन्त्री महतले जोड दिनुभएको अर्थमन्त्रालयले जनाएको छ ।  

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend