काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट साट्न सकिने जनाएको छ । बैंकले दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै आजदेखि नयाँ नोट साट्न पाईने जानकारी दिएको हो ।
काठमाडौँ उपत्यकाभित्र राष्ट्र बैङ्क अन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैङ्कका शाखामार्फत नयाँ नोट सटही गर्न सकिने बैंकले जनाएको छ । त्यस्तै काठमाडौँ उपत्यका बाहिर राष्ट्र बैङ्कको प्रदेशमा रहेका कार्यालय वा वाणिज्य बैङ्कका शाखा कार्यालयमा गई नोट साट्न सकिने राष्ट्र बैङ्कले जनाएको छ ।
यस वर्ष पनि अघिल्ला वर्षहरूमा जस्तै ५, १०, २०, ५० र एकसय रुपैयाँका नोट साट्ने व्यवस्था रहेको र एक जनालाई १८ हजार ५ सय रुपैयाँको दरले नयाँ नोट सटहीको व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ ।