Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

नेपालमा वैदेशिक लगानी भित्र्याउने विषयमा अर्थमन्त्री डा. महत र परराष्ट्र राज्यमन्त्री आनमेरीबीच भेटवार्ता


१५, कात्तिक २०८०
  • 224
    SHARES
  • नेपालमा वैदेशिक लगानी भित्र्याउने विषयमा अर्थमन्त्री डा. महत र परराष्ट्र राज्यमन्त्री आनमेरीबीच भेटवार्ता

    लण्डन । अर्थमन्त्री डा. प्रकाशशरण महत र संयुक्त अधिराज्य (बेलायत) की परराष्ट्र राज्यमन्त्री आनमेरी ट्रेभल्यानबीच लण्डनस्थित परराष्ट्र मन्त्रालयमा मङ्गलवार भेटवार्ता भएको छ । भेटका अवसरमा नेपाल(बेलायत द्विपक्षीय सम्बन्धका विभिन्न विषयका साथै विशेष गरी बेलायतबाट नेपालमा वैदेशिक लगानी भित्र्याउनका लागि परराष्ट्र मन्त्रालयको सहयोगको लागि आग्रह गर्नुभयो ।

    कोभिड महामारीले गर्दा नेपालको वित्तीय स्रोतसाधनमा आएको कमी, सामाजिक सुरक्षामा गरिएको लगानी, आन्तरिक र बाह्य ऋण वृद्धि भएकाले लगानीयोग्य पुँजीमा कमी भएकाले नेपालमा वाह्य लगानीको आवश्यकता रहेको उहाँले बताउँदै उनले ग्लास्गोमा सम्पन्न कोप २६ पछि बेलायतको प्राथमिकता हरित ऊर्जा भएकाले यस क्षेत्रमा लगानी वृद्धि हुने विश्वास आफूले लिएको बताउनुभयो । । साथै उहाँले सूचना प्रविधि, शिक्षा र पर्यटन क्षेत्रमा बेलायतबाट लगानीका लागि समेत आग्रह गर्नुभयो ।

    जलवायु परिवर्तनका असरहरू सिर्जना हुनुमा नेपालको भूमिका नरहे पनि यसका कारण नेपालले भोग्नु परेका समस्याको न्यूनीकरणका लागि बेलायत सरकारको थप सहयोगका लागि समेत उहाँले आग्रह गर्नुभयो ।

    साथै, उहाँले भूतपूर्व गोर्खाहरूको सम्बोधन गर्न बाँकी मागहरूको सम्बोधनका लागि परराष्ट्र राज्यमन्त्री ट्रेवल्यानलाई आग्रह गर्नुभयो । परराष्ट्र राज्यमन्त्री ट्रेवल्यानले बेलायत नेपालको विकास साझेदार रहदै आएको र भविष्यमा पनि सहयोगमा निरन्तरता हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले बेलायतबाट नेपालका प्राथमिकताका क्षेत्रमा लगानी अभिवृद्धि गर्ने विषयमा आफू सकारात्मक रहेको पनि बताउनुभयो ।

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend