Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

महानगरद्वारा तीन महिनामा रु १६ करोड २६ लाख राजस्व सङ्कलन


१७, कात्तिक २०८०
  • 178
    SHARES
  • महानगरद्वारा तीन महिनामा रु १६ करोड २६ लाख राजस्व सङ्कलन

    पर्सा । मधेस प्रदेशकै एकमात्र महानगरपालिका वीरगञ्ज महानगपालिकाले चालु आर्थिक वर्षको तीन महिनामा रु १६ करोड २६ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । सो अवधिमा विभिन्न २१ शीर्षकमा रु १६ करोड २६ लाख ३६ हजार चार सय ३७ राजस्व सङ्कलन गरिएको हो । 

    महानगरपालिकाको राजस्व शाखाका अनुसार चालु आर्थिक बर्षको साउनदेखि असोजसम्ममा सम्पत्ति करबाट रु सात करोड ४३ लाख ८२ हजार ४७, घरबहाल करबाट रु एक करोड ७२ लाख २४ हजार एक सय १७, व्यवसाय रजिष्ट्रेसन दस्तुरबाट रु एक करोड आठ लाख २६ हजार दुई सय ३०, सरकारी सम्पत्ति बहालबाट रु एक करोड २७ लाख ९६ लाख दुई सय चार, अन्य सेवा शुल्कबाट रु एक करोड २७ लाख सात हजार दुई सय ७८, नक्सा पास दस्तुरबाट रु एक करोड चार लाख ४४ हजार छ सय १२, अखेटोपहारमा लाग्ने करबाट रु ६१ लाख राजस्व सङ्कलन भएको छ । 

    यस्तै सिफारिस दस्तुरबाट रु ७२ लाख २६ हजार पाँच सय ४१, साना सवारी साधन करबाट रु १० लाख ९९ हजार तीन सय ५०, भूमिकर/मालपोतबाट रु ३८ लाख ३२ हजार चार सय ७८, बहाल बिटौरी करबाट रु आठ लाख १२ हजार  र प्रशासनिक दण्ड जरिवानाबापत रु २३ लाख २३ हजार ८३ राजस्व सङ्कलन भएको राजस्व शाखाप्रमुख मनोजकुमार कर्णले जानकारी दिनुभयो । 

    यसैगरी व्यक्तिगत घटना दर्ताबाट रु नौ लाख ३८ हजार तीन सय छ, नाता प्रमाणित दस्तुरबाट रु सात लाख ७४ हजार सात सय ८०, सिफारिस दस्तुरबाट रु ७२ लाख २६ हजार पाँच सय ४१ राजस्व सङ्कलन भएको राजस्व शाखाप्रमुख कर्णले बताउनुभयो । 

    गत आर्थिक वर्ष २०७९/८० को तीन महिनाको तुलनामा करिब रु तीन करोडभन्दा बढी राजस्व सङ्कलन भएको हो । महानगरपालिकाले गत आर्थिक वर्षको साउनदेखि असोजसम्म विभिन्न शीर्षकमा रु १३ करोड ४४ लाख एक सय ८१ राजस्व सङ्कलन गरेको थियो ।   

    आर्थिक वर्ष २०७८/७९ सम्म घरजग्गा रजिष्ट्रेसन शुल्क महानगरपालिकाले उठाउँदै आएकामा गत आर्थिक वर्षबाट राजस्व बाँडफाँट शीर्षकमा तीनै तहको सरकारमा राजस्व सङ्कलन हुन थालेको छ । 

    चालु आर्थिक वर्षमा महानगरपालिकाले सम्पत्ति करको दर घटाए पनि दायरा बढेको, लामो समयपछि जग्गाको कित्ताकाट खुल्ला गरिएको नक्सापास र जग्गा कारोबार सुरु भएकाले गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा राजस्व सङ्कलन बढेको वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले बताउनुभयो ।

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend