Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

३९ करोडले घट्यो टेलिकमको कूल आय, नाफा कतिले घट्यो ?


२५, कात्तिक २०८०
  • 166
    SHARES
  • ३९ करोडले घट्यो टेलिकमको कूल आय, नाफा कतिले घट्यो ?

    काठमाडौँ । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल टेलिकमको कूल आय ३९ करोड रुपैयाँले घटेको छ । टेलिकमको प्रथम त्रैमासको वित्तीय रिपोर्टअनुसार गत वर्षको यही अवधिको तुलनामा टेलिकमको कूल आय ३.५४ प्रतिशते कमी आएको हो ।

    कम्पनीले गत आर्थिक वर्षको असोज महिनासम्मको अवधिमा ११ अर्ब ४ करोड ९० हजार रुपैयाँ आम्दानी गरेको थियो । जुन, यो वर्षको पहिलो त्रैमासमा १० करोड ६४ करोड ८७ लाख ९३ हजार रुपैयाँमा सीमित छ । यस्तै, चालू वर्षको पहिलो त्रैमासमा सञ्चालन आय ८ अर्ब ५८ करोड ५० लाख ६३ हजार रुपैयाँ छ । 

    गत आर्थिक वर्षको सोही अवधिमा कुल सञ्चालन आय ९ अर्ब ७ करोड ७५ लाख ८४ हजार रुपैयाँको तुलनामा ४९ करोड २५ लाख २१ हजार रुपैयाँ कम हो । यसैगरी, नेपाल टेलिकमले चालू वर्षको पहिलो त्रैमासमा २ अर्ब २ करोड ७४ लाख ३२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

    उक्त रकम गत आर्थिक वर्षको सोही अवधिको खुद मुनाफा २ अर्ब २२ करोड ५५ लाख ६ हजार रुपैयाँको तुलनामा १९ करोड ८० लाख ७४ हजार कम हो । यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी यस त्रैमासिक अवधिमा ४५.०५ रुपैयाँ छ ।

    किन घट्यो टेलिकमको नाफा ?

    १.ओटीटी सेवाको बढ्दो प्रयोगका कारण अन्तर आबद्धता आयमा गत आ.व.को प्रथम त्रैमासिक अवधिको तुलनामा करिब रु. ४९ करोड १४ लाख ८५ हजारले कमी भएको ।

    २.आर्थिक मन्दीको कारण कम्पनीको सेवा प्रयोगमा तुलनात्मक रूपमा कमी आएको ।

    ३.विदेशी विनिमय दरमा भएको परिवर्तनको कारण रु. ५ करोड ९९ लाख विदेशी मुद्रा आम्दानी भएको  

    ४.प्रतिकुल मौसमका कारण विद्युत् आपूर्ति तथा मर्मत सम्भार कार्य समयमा हुन नसकेकोले साइटहरू समयमा सञ्चालन हुन नसकेको ।

    ५.विभिन्न जनसरोकारका निकायले पूर्वाधार निर्माण, विस्तार, मर्मत, स्थानान्तरण एवं नगरपालिका र वडा कार्यालयले गर्ने केवल व्यवस्थापन कार्यका क्रममा कम्पनीले सेवा प्रवाह गर्न निर्माण गरेका कतिपय संरचनामा क्षति पुग्ने गरेको तथा नेटवर्क विस्तारमा समेत प्रभाव परेको ।

    ६.राष्ट्रको सञ्चार भएकोले बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेको र लागत समेत बढिरहेको ।

    ७.सेवाको दररेट निर्धारण सम्बन्धी नीति तथा नियमहरू परिवर्तन भएको कारणले सेवाको दररेटमा कटौती भई राजश्वमा प्रतिकुल असर परेको ।

    ८.बैंक ब्याजदरमा भएको परिवर्तनका कारण वित्तीय आम्दानी करिब रु. १४ करोड ८१ लाखले कमी भएको ।

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend