Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

ऋण लिएर तिर्दिन भन्न कसैलाई छुट छैन : अर्थमन्त्री महत


७, मंसिर २०८०
  • 196
    SHARES
  • ऋण लिएर तिर्दिन भन्न कसैलाई छुट छैन : अर्थमन्त्री महत
    भक्तपुर । अर्थमन्त्री डा. प्रकाशशरण महतले ऋण लिएर तिर्दिन भन्ने छुट कसैलाई नभएको बताउनुभएको छ । मध्यपुरथिमि नगरपालिकाले आयोजना गरेको शङ्खधर दिवस कार्यक्रममा उहाँले ऋण लिएर जथाभावी लगानी गर्ने र अहिले ऋण तिर्दिन भन्न नपाउने बताउनुभयो । 
     
    मन्त्री डा. महतले भन्नुभयो, “सबैभन्दा ठूलो रकम ऋण लिने र तिर्दिन भन्ने ? अनि त्यसैलाई भजाएर हिँड्ने, ऋण लिएर १० ठाउँमा जथाभावी लगानी गर्ने अनि ऋण तिर्दिन भन्नेलाई कुनै छुट छैन, तर ऋण लिएर काम गर्दा पनि नोक्सानमा परेर उठ्न नसकेका अप्ठ्यारोमा परेकाको हकमा भने राज्यले हेर्छ ।”
     
    अहिलेकै व्यवस्थामा देश र जनताका लागि धेरै काम गरेको र अझै गर्न सकिन्छ भन्दै उहाँले जनताको अपेक्षाअनुसार केही काम हुन नसके पनि आगामी दिनमा यही व्यवस्थाले देशको आमूल परिवर्तन गर्ने विश्वास व्यक्त गर्नुभयो ।
     
    नेपालमा सूचना र प्रविधि, जलविद्युत् तथा पर्यटन क्षेत्रका विकासबाटै आर्थिक विकास गर्न सकिने चर्चा गर्दै मन्त्री डा. महतले यही देशमा युवाका लागि धेरै अवसर भएकाले त्यसलाई सुक्ष्म रुपमा खोज्न आग्रह गर्नुभयो । जनताको बलिदानबाट प्राप्त गणतन्त्रात्मक व्यवस्था कसैले खोस्न नसक्ने भन्दै नकारात्मक भावना फैलाएर व्यवस्था परिवर्तनको कसैले सोच बनाएको भए त्यो पूरा नहुने बताउनुभयो । 
     
    “वि.सं २०४६ अगाडिसम्म देशका आधा जनताले चप्पल पनि लाउन पाउँदैनथ्ये, स्वतन्त्र भएर बोल्न पाउदैनथ्ये, देशमा प्रजातन्त्र आयो, गणतन्त्र आयो जनताको जीवनस्तरमा धेरै परिवर्तन आयो, जनताले बोल्न सक्ने भएका छन्”, मन्त्री डा. महतले भन्नुभयो, “जनआन्दोलन र बलिदानबाट आएको अहिलेको व्यवस्थालाई खोस्ने सोच कसैको छ भने त्यो सफल हुदैन, त्यस्ता सपना नदेखे हुन्छ ।” सामाजिक सञ्जालमामार्फत भ्रम फैलाउने प्रयास भइरहेको बताउनुभयो । 
     
    शङ्खधर साख्वालको योगदानको चर्चा गर्दै उहाँले अहिलेसम्मको उपलब्धिलाई आत्मसात गर्दै नेपाल संवत्लाई कामकाजमा ल्याउने सरकारको निर्णयलाई कार्यान्वयन गराउने उहाँको भनाइ थियो । नेपाल संवत् राष्ट्रिय संवत्को रुपमा स्थापित भएको भन्दै उहाँले मध्यपुरथिमि नगरपालिकाले ऐतिहासिक नामाकरणको अभियान सुरु गरेर पहिचानलाई स्थापित गर्ने कार्यको थालनी गरेको बताउनुभयो । 
     
    नेवारी सभ्यताबिना नेपालको पहिचान पूरा नहुने भन्दै अर्थमन्त्री डा. महतले विश्वलाई यहाँको पहिचान देखाउन, संरक्षण गर्न र विकसित संस्कृतिलाई पहिचानका रुपमा अगाडि लैजानुपर्नेमा जोड दिनुभयो ।
     
    कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य दिलीप प्रजापति, जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वरबहादुर थापा, नेपाली कांग्रेस मध्यपुर नगरसभापति हरिदास प्रजापति, इमेज च्यानलका अध्यक्ष आर के मानन्धर, राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठ, मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठलगायतले नेपालको आफ्नै मौलिक संवत्को रुपमा रहेको नेपाल संवत् सबै नेपालीको साझा संवत् हो भन्ने सन्देश घरघरमा पु¥याएर व्यवहारमै लागू गर्ने अभियान चाल्नुपर्ने बताउनुभयो ।
     
    कार्यक्रममा सभापति एवं मध्यपुरथिमिका प्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुरथिमि नगरपालिकाले साख्वाःको योगदानको स्मरण गर्दै हरेक वर्ष शङ्खधर दिवस मनाउँदै आएको बताउँदै नेपाल संवत्लाई कामकाजमा लागू गर्ने सरकारको निर्णयलाई कार्यान्वयनमा ल्याउन सबै लाग्नुपर्ने बताउनुभयो ।

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend