Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

नक्कली भुटानी शरणार्थी प्रकरण कहाँ पुग्यो ?


१८, जेठ २०८०
  • 133
    SHARES
  • नक्कली भुटानी शरणार्थी प्रकरण कहाँ पुग्यो ?

    काठमाण्डौं । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरुलाई जिल्ला अदालत काठमाडौंमा अभियोग दर्ता गराएपछि आरोपीको बयान चलिरहेको भए पनि फरार रहेका र बयानमा मुछिएकाहरुलाई भने प्रहरीले अनुसन्धान शुरु गर्न सकेको छैन । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बुधबार प्रतिवादी गोविन्द चौधरी, नेपाल सरकारका निलम्बित सचिव टेकनारायण पाण्डे, सानु भण्डारी र रामशरण केसीको बयान लिइएको अवस्थामा प्रहरीले पाएको अधिकारलाई प्रयोग गर्न सकेको छैन । 

    नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादीको बयान जेठ १२ गतेदेखि काठमाडौं जिल्ला अदालतमा लिन थालिएको छ । हालसम्म १२ प्रतिवादीको बयान लिइसकिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझी तथा पूर्व गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँडसहित १७ जना पक्राउ परेका छन् । 

    प्रकरणका आरोपीमध्ये १३ जना अझै फरार रहेका प्रहरीले जनाएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी अनुसन्धानपछि सरकारी वकिल कार्यालयले अभियोग दर्ता गराएपछि जिल्ला अदालत काठमाडौंमा आरोपीको बयान चलिरहेको छ । ३० जनाविरुद्ध अदालतमा मुद्दा पेस गर्ने क्रममा सरकारी वकिलको कार्यालयले पक्राउ परेकाहरूले बयानका क्रममा नाम लिएका तर अहिलेसम्म छानबिनको दायरामा नआएकाहरूको हकमा अनुसन्धान अघि बढाउने निर्णय गरेर प्रहरीलाई पत्राचारसमेत गरिसकेको छ ।

    प्रतिवादीहरूको बयान पोलमा परी खुलाइदिएका व्यक्तिहरूका हकमा अनुसन्धान कार्य जारी रहेको हुँदा स्वतन्त्र प्रमाणबाट कसुर गरेको खुल्न आएका बखत वा पक्राउ परी आएका बखत थप दाबी लिई अभियोगपत्र पेस गरिने ब्यहोरा सादर अनुरोध छ,’ सरकारी वकिलको कार्यालयले प्रहरीलाई लेखेको पत्रमा भनेको छ । सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले अहिलेसम्मको अनुसन्धानका आधारमा पेस भएको प्रहरी प्रतिवेदनमा आधारित भएर आरोपीहरूलाई मुद्दा चलाउने निर्णय गरेर प्रहरीलाई पत्र पठाइसकेको र प्रहरीले आफ्नो काम गरिरहेको बताएका छन् । 

    अभियोगपत्रमा नै बाँकीको हकमा अनुसन्धान गरेर पूरक प्रतिवेदन पेस गर्ने भनेका छौं । त्यसलाई नै आधार मानेर प्रहरीले अर्को अनुसन्धान अघि बढाउँछ । ६० दिनको समयसीमाका कारण अनुसन्धान पूरा हुन नपाएको पाटोमा अब फेरि अनुसन्धान गर्नु भनी निर्देशन दिएको बुझिन्छ, त्यसैअनुसार काम अघि बढ्छ,’ उनले भने । हालसम्म पक्राउ परेका १७ जनामध्ये कतिपयले बयानका क्रममा नाम लिएका र अन्य प्रमाणका आधारमासमेत जोडिएका व्यक्तिहरूमाथि अनुसन्धान हुनेछ ।

    जाहेरीका साथ पेस भएको अडियो फाइलमा पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाकी श्रीमती एवं सांसद डा। आरजू राण देउवा, पूर्वगृहमन्त्री बालकृष्ण खाँडकी श्रीमती एवं सांसद मन्जु खाण, पूर्वगृहमन्त्री एवं एमाले उपाध्यक्ष रामबहादुर थापा बादल, उनकी श्रीमती नैनकला थापाका नाम छन् । 

    बादलका छोरा प्रतीकविरुद्ध मुद्दा दायर भएको छ भने रामबहादुर र उनकी पत्नीमाथि अनुसन्धान भएको छैन । प्रहरी प्रतिवेदनमा उल्लेख भएका एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्य, काठमाडौं महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्यका सचिव राजेश्वर स्थापित, पूर्वप्रधानमन्त्री ओलीका सल्लाहकार डा। अजयक्रान्ति शाक्यमाथि छानबिन गर्ने बाटो खुलेको थियो । 

  • एसपीलाई धम्क्याउने नेता अशोक यादव पक्राउ

    काठमाडौं । नेकपाका नेता अशोक यादव पक्राउ परेका छन् । मधेश प्रदेशका डीआईजी ओम अधिकारीले यादवलाई

  • सोलुखुम्बुमा हजुरबुबाको ह-त्या गरेको आरोपमा नाति प्रहरीकाे नियन्त्रणमा

    काठमाडौं ।प्रहरीले आफ्नै हजुरबुबाको हत्या गरेको आरोपमा २३ वर्षीय नातिलाई पक्राउ गरेको छ । सोलुखुम्बुमा ५०

  • प्रहरीमाथि अभद्र व्यवहारको आरोपमा युवक पक्राउ

    काठमाडौं - ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend