Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

समस्यामा परेका ऋणीका लागि राष्ट्र बैंकले ल्यायो नयाँ व्यवस्था 


९, पुस २०८०
  • 133
    SHARES
  • समस्यामा परेका ऋणीका लागि राष्ट्र बैंकले ल्यायो नयाँ व्यवस्था 

    काठमाडौं । नेपाल राष्ट्र बैंकले समस्यामा परेका ऋणीलाई नयाँ व्यवस्था लागु गरेको छ । बैंकले आउँदो चैत मसान्तसम्म कर्जाको पुनरतालिकीकरण वा पुनर्संरचना गर्न सक्ने व्यवस्था लागु गरेको हो ।

    बैंक तथा वित्तीय संस्थाले ऋणीको आम्दानी विश्लेषण गरी आवश्यकता र औचित्यका आधारमा बुझाउनुपर्ने ब्याजको कम्तीमा १० प्रतिशत रकम असुल गरी कर्जाको पुनरतालिकीकरण वा पुनर्संरचना गर्न सक्नेछन् । यो व्यवस्था राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो संशोधनबाट गरेको थियो । 

    पाँच करोड रुपैयाँ कर्जा लिने ऋणीले यो सुविधा उपयोग गर्न सक्नेछन् । बैंक तथा वित्तीय संस्थाले परिस्थितिवश समस्यामा परेका ऋणीका हकमा कृषि र वन, माछापालन, खानी, सुर्ती प्रशोधन र मदिराजन्यबाहेकका पेय पदार्थ उत्पादन, गैरखाद्य वस्तु उत्पादन, धातुका उत्पादन गर्ने उद्योगमा प्रवाह भएको पाँच करोडसम्मको कर्जाको पुनरतालिकीकरण वा पुनर्संरचना गर्न सक्ने व्यवस्था गरिएको छ ।

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend