Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

सूचना प्रविधि क्षेत्रबाट मुलुकको अर्थतन्त्र माथि उठाउन सकिन्छ : अर्थमन्त्री महत


१०, पुस २०८०
  • 149
    SHARES
  • सूचना प्रविधि क्षेत्रबाट मुलुकको अर्थतन्त्र माथि उठाउन सकिन्छ : अर्थमन्त्री महत

    चितवन । अर्थमन्त्री प्रकाशशरण महतले जलविद्युत्, कृषि, पर्यटन र सूचना प्रविधिको क्षेत्रबाट मुलुकको अर्थतन्त्रलाई माथि उठाउन सकिने बताउनुभएको छ । चितवन हात्ती तथा पर्यटन महोत्सवको आज उद्घाटन गर्दै उहाँले अर्थतन्त्र सकारात्मक बाटोमा गइरहेकाले देशभित्र केही गर्न युवालाई आह्वान गर्नुभएको हो ।
     
    अर्थमन्त्री महतले विभिन्न तथ्याङ्कले अर्थतन्त्र सकारात्मक बाटोमा गइरहेको देखाएको उल्लेख गर्दै त्यसलाई उपयोग गर्नुपर्ने बताउनुभयो । नेपालमा लगानीको वातावरण केही छैन भन्ने भ्रममा परेर विदेश जानुभन्दा नेपालमा केही गर्न सकिन्छ भन्ने सोच युवाले राखेर अघि बढनुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “देशमा धेरै गर्न बाँकी छ, अवसर पनि यही छन् ।”
     
    निकुञ्ज जनताको लागि र जनता निकुञ्जको लागि भन्ने अवधारणाको विकास नगरी जैविक विविधताको संरक्षण हुन नसक्ने भन्दै उहाँले दुवैलाई आवश्यकता आभाष दिलाउने गरी ऐन परिर्वतन हुनुपर्ने बताउनुभयो । निकुञ्ज ऐनले स्थानीय विकास निर्माण र समुदायको विकासमा बाधा हुन नहुने भन्दै अर्थमन्त्री महतले पुरानो ऐनले जनता र निकुञ्जबीचको दुरी बढाइएको आफूले पाएको बताउनुभयो ।

  • सन् २०३० सम्ममा देशभर १० हजार चार्जिङ स्टेशन निर्माण गर्न अध्ययनको सुझाव

    काठमाण्डौ पूर्वाधार विकास मन्त्रालयको एक अध्ययनले नेपालमा विद्युतीय गाडीको प्रवर्द्धनकालागि सन् २०३० सम्म देशभर

  • काठमाडौंको स्यूचाटारमा एआई कम्प्यूट सेन्टर स्थापना गरिने

    काठमाडौं । सरकारले काठमाडौंको स्यूचाटारमा एआई कम्प्यूट सेन्टर स्थापना गर्ने भएको छ । आगामी आर्थिक वर्षको

  • सरकारी सूचनामा निजी मिडिया बहिष्कृत: अब गोरखापत्र, रेडियो नेपाल र नेपाल टेलिभिजनमै मात्र प्रकाशन/प्रसारण

    काठमाडौं l सरकारले अबदेखि सार्वजनिक निकायका सबै सूचना तथा विज्ञापन सरकारी स्वामित्वका सञ्चार माध्यममार्फत मात्र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend