Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

अर्थतन्त्रमा आएन सुधार, दुई वर्षमा ३७ प्रतिशतले घट्यो माग


१६, पुस २०८०
  • 131
    SHARES
  • अर्थतन्त्रमा आएन सुधार, दुई वर्षमा ३७ प्रतिशतले घट्यो माग

    काठमाडौँ । नेपालको अर्थतन्त्र समस्यामा नै रहेको नेपाल उद्योग परिसंघ (सीएनआई) ले बताएको छ । परिसंघले उद्योग व्यवसायस्तरमा गरेको सर्वेक्षणअनुसार दुई वर्ष अगाडिको तुलनामा बजारमा समग्र माग ३६.९३ प्रतिशतले घटेको हो । 

    अघिल्लो आर्थिक वर्ष नै मागमा उच्च गिरावट आएपनि त्यसको तुलनामा समेत चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अर्थतन्त्रमा सुधार नआएको परिसंघको अध्ययनले देखाएको छ ।

    नेपाल उद्योग परिसंघले गरेको अर्थतन्त्रबारे चालु आर्थिक वर्षको पहिलो त्रैमासिक सर्वेक्षणले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो । मुद्रास्फीतिले गर्दा माग घटेको परिसंघका अध्यक्ष अग्रवालले बताए ।

    सहकारीमा जनताको ठूलो पैसा फसेका कारण जनताबाट माग आउन नसकेको भन्दै उनले उद्योगीले थप ऋण लिन आँट नगरेको उनले बताए । सरकारको साधारण खर्च बढेको र पुँजीगत खर्च घट्दै गएको साथै कालोसूचीमा पर्नेहरू बढेको अध्यक्ष अग्रवालले जानकारी दिए ।

    अध्ययन प्रतिवेदन अनुसार नेपालमा ५२.३२ प्रतिशत उद्योगीले नयाँ लगानीका योजना स्थगित गरेको उल्लेख छ । गत वर्षको तुलनामा अटोमोबाइलमा डिमान्ड र कर्जा दुवै बढेपनि तीन वर्ष अगाडिको तुलनामा धेरै घटेको परिसंघले जनाएको छ ।

    यस्तै सिमेन्टमा कच्चा पदार्थको मूल्य बढेको र डिमान्ड घटेको तथ्याांक सर्वेक्षणमा आएको छ । सिमेन्टको कारोबार समेत घटेको परिसंघले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । १०० वटा उद्योगमा गरिएको सर्वेक्षणमा आधारमा यो तथ्याङ्क सार्वजनिक गरिएको परिसंघले जनाएको छ ।

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend