Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

फरार अभियुक्त ३० वर्षपछि पक्राउ


२३, पुस २०८०
  • 143
    SHARES
  • फरार अभियुक्त ३० वर्षपछि पक्राउ
    भोजपुर । कर्तव्य ज्यानसम्बन्धी कसुर मुद्दाका फरार पाँच प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय भोजपुरले तीस वर्षपछि पक्राउ गरेको छ ।
     
    वि.सं २०५० मा कसुर गरेर फरार रहेका उनीहरुलाई विभिन्न ठाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक सुदिपराज पाठकले बताउनुभयो । 
     
    उहाँले भन्नुभयो, “घटना भएको लामो अवधिसम्म पनि फरार रहेका अभियुक्तलाई विभिन्न स्थानबाट पक्राउ गरी कानुनी दायरामा ल्याइएको छ, यो प्रहरीको सफलता हो ।” उहाँका अनुसार ललितपुर, उदयपुर, सुनसरी लगायतका जिल्लाबाट विभिन्न घटनामा संलग्न फरार प्रतिवादीलाई यही पुस २२ गते पक्राउ गरिएको हो । 
     
    पक्राउपर्नेमा हालको भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नं ५ का ५० वर्षीय कृपाराज राई, सोही ठाउँका ४६ वर्षीय नगेन्द्रकुमार राई, ५५ वर्षका विदुरकुमार राई, ५४ वर्षका भिमराज राई र ४२ वर्षका थिरकुमार राई रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
     
    प्रहरी टोलीले कृपालाई ललितपुर, नगेन्द्रलाई धरान, विदुरलाई उदयपुरको बेलका, भिमराजलाई उदयपुर र थिरकुमारलाई ललितपुरबाट पक्राउ गरिएको प्रहरी प्रमुख प्रनाउ पाठकले जानकारी दिनुभयो । 
     
    घटनामा संलग्न भएर फरार रहेका भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नं ५ खावाका ४६ वर्षीय पूर्णहाङ राईलाई यही पुस १४ गते नै प्रहरीले ललितपुरबाट पक्राउ गरेको थियो भने हत्याका मुख्य प्रतिवादी शुक्रदेव राई फरार रहेको अवस्थामा मृत्यु भइसकेको जानकारी आएकाले प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ । 
     
    प्रहरीका अनुसार २०५० साल मङ्सिर ३ गते शुक्रदेव सहितको संलग्नतामा साविक कोट गाउँविकास समितिका राजधन राईको खुकुरी प्रहार गरी हत्या गरिएको थियो । विसं २०६१ भदौ २८ गते जिल्ला अदालतले शुक्रदेवलाई २० वर्ष र घटनामा संलग्न अन्य सहयोगीलाई तीन वर्ष कैदको सजाय सुनाएको थियो । 
     
    वि.सं २०५० कात्तिक २७ गते लक्ष्मी पुजाका दिन देउसी खेल्ने क्रममा प्रतिवादी शुक्रदेव, पूर्णहाङलगायत २६ जनाले मृतकका दाजु जाहेरवाला बागधन राईसँग वादविवाद गर्दै राजधनलाई समेत कुटपिट गरेको थियो ।
     
    सो घटनाका विषयमा मङ्सिर ३ गते छलफल गरी मिलाउने क्रममा पुनः विवाद भई राजधनलाई कुटपिट गर्दा शुक्रदेवले खुकुरी प्रहार गरी हत्या गरेर फरार रहेको प्रहरीको घटना विवरणमा उल्लेख छ । 

  • एसपीलाई धम्क्याउने नेता अशोक यादव पक्राउ

    काठमाडौं । नेकपाका नेता अशोक यादव पक्राउ परेका छन् । मधेश प्रदेशका डीआईजी ओम अधिकारीले यादवलाई

  • सोलुखुम्बुमा हजुरबुबाको ह-त्या गरेको आरोपमा नाति प्रहरीकाे नियन्त्रणमा

    काठमाडौं ।प्रहरीले आफ्नै हजुरबुबाको हत्या गरेको आरोपमा २३ वर्षीय नातिलाई पक्राउ गरेको छ । सोलुखुम्बुमा ५०

  • प्रहरीमाथि अभद्र व्यवहारको आरोपमा युवक पक्राउ

    काठमाडौं - ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend