Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

ताइवानकाे राष्ट्रपतिमा विलियम विजयी, चीनलाई झट्का


२९, पुस २०८०
  • 138
    SHARES
  • ताइवानकाे राष्ट्रपतिमा विलियम विजयी, चीनलाई झट्का

    बुटवल । ताइवानको आम निर्वाचनमा चीनविरोधी मानिने सत्तारुढ दल डीपीपीका उम्मेदवार विलियम लाइ विजयी भएका छन् । हाल ताइवानको उपराष्ट्रपति रहेका उनी अब राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नेछन् ।

    जितलगत्तै लाइले चीनको निरन्तरको धम्कीबाट ताइवानलाई बचाउन आफू प्रतिबद्ध रहेको प्रतिक्रिया दिएका छन् ।चुनावअघि चीनले लाइलाई मतदान नगर्न ताइवानीहरूलाई आग्रह गरेकाे थियाे ।

    नतिजापछि ताइवानका मतदाताहरूले चीनको चेतावनीकाे बेवास्ता गरेकाे टिप्पणी भइरहेकाे छ । मतगणनामा लाइले अतुलनीय अग्रता लिएपछि दुवै विपक्षी उम्मेदवारले पराजय स्वीकार गरेका हुन् ।

    आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै लाइले ताइवानी जनताले चुनावमा प्रभाव पार्ने बाहिरी शक्तिहरूको प्रयासलाई सफलतापूर्वक प्रतिरोध गरेकाे बताए । उनले ताइवानले लोकतन्त्रको पक्षमा मत जाहेर गरेकाे बताए । 

    उनले आफ्नो सरकारले चीनसँगको विवाद वार्ताबाट समाधान गर्ने प्रयास गर्ने बताउन पनि छुटाएनन् । ताइवानलाई चीनले आफ्नाे अभिन्न अंग बताउने गरेकाे छ । तर ताइवानले भने आफूलाई स्वतन्त्र राष्ट्र मान्छ ।

  • साउदीमा कामविहीन भएका नेपाली कामदारलाई स्वदेश फर्काउने पहल शुरू

    काठमाडौँ । नेपाली राजदूतावास साउदी अरेबियाले त्यहाँको सेन्दान इन्टरेनशनल कम्पनीमा कामविहीन भएका नेपाली कामदारलाई स्वदेश

  • एमसीसीका केही कार्यक्रम अगाडि बढाउन अमेरिकाले दियो अनुमति

    काठमाडौँ । संयुक्त राज्य अमेरिकाको वैदेशिक सहायतासम्बन्धी समीक्षा चलिरहेकै बेला अमेरिकी सरकारले एमसीसी नेपाल कम्प्याक्ट

  • बेलायतमा नेपाली विद्यार्थी ठगिने क्रम जारी, दूतावासले गर्‍यो कारबाहीको पहल

    लन्डन । बेलायतमा अध्ययन गर्न आउने नेपाली विद्यार्थीहरू ठगिने क्रम बढ्दै गएको छ । बेलायतका विभिन्न

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend