Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

घरजग्गा कारोबार बढ्न थाल्यो, पुसमा साढे ३ अर्ब रुपैयाँ राजस्व उठ्याे


२, माघ २०८०
  • 208
    SHARES
  • घरजग्गा कारोबार बढ्न थाल्यो, पुसमा साढे ३ अर्ब रुपैयाँ राजस्व उठ्याे

    काठमाण्डाै । सरकारको अस्थिर नीतिका कारण पछिल्लो २ वर्षदेखि कम भएको घरजग्गा कारोबार अब बढ्न थालेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गएको पुसमा घरजग्गा किनबेचबाट सरकारले ३ अर्ब ५१ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

    मङ्सिरको तुलनामा पुसमा राजस्व सङ्कलन ६५ करोड रुपैयाँले धेरै हो । चालु आर्थिक वर्षमा घरजग्गा किनबेचबाट साउनमा २ अर्ब ९१ करोड, भदौमा ३ अर्ब, असोजमा ४ अर्ब र कात्तिकमा २ अर्ब १६ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।

    पुसमा देशभरका मालपोत कार्यालयबाट ४५ हजार २ सय ७७ वटा लिखत पारित भएको छ । मङ्सिरको तुलनामा पुसमा लिखत पारित ३ हजार ४ सय २६ वटाले बढी हो ।

    सरकारको कित्ताकाट नीति र जग्गाको वर्गीकरण तथा विभिन्न कानुनी अन्योलका कारण पछिल्लो २ वर्षदेखि घरजग्गा कारोबार खुम्चिँदै आएको थियो । तर अहिले कित्ताकाट खुकुलो र बैंक ब्याजदर निरन्तर घट्दै गएपछि घरजग्गा बजार केही चलायमान बनेको हो ।

    सरकारले गएकाे साउनमा कित्ताकाट फुकुवा गर्दै सहज बनाएको थियो । त्यस्तै घरजग्गा कारोबारलाई सहज बनाउन नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत कर्जाको सीमा बढाएको थियो ।

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend