Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

आज ३० अर्ब तरलता तान्दै राष्ट्र बैंक


३, माघ २०८०
  • 134
    SHARES
  • आज ३० अर्ब तरलता तान्दै राष्ट्र बैंक

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबार ३० अर्ब रुपैयाँ तरलता प्रसोचन गर्ने भएको छ । बजारमा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत उक्त लगानी योग्य पुँजी (तरलता) प्रसोचन गर्ने भएको हो । 

    पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा निक्षेप बढ्ने तर सोही अनुसार कर्जा माग नहुँदा तरलता थुप्रिरहेको छ । केन्द्रीय बैंकको तथ्यांक अनुसार पुस २३ गतेसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ६० खर्ब ८५ अर्ब रुपैयाँ पुगेको छ । तर, यता कर्जा लगानी भने जम्मा ५० खर्ब ४२ अर्ब हाराहारी मात्र हुन सकेको छ । 

    बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले लगातार निक्षेप संकलन उपकरणमार्फत तरलता प्रसोचन गरिरहेको छ । यसैको निरन्तरता मंगलबार केन्द्रीय बैंकले १४ दिनका लागि ३० अर्ब तरलता प्रसोचन गर्न लागेको हो । 

    एक सूचना जारी गर्दै केन्द्रीय बैंकले निक्षेपका लागि दरखास्त आह्वान गरेको छ । अनलाइन विडिङ सिस्टममार्फत मंगलबार अर्थात् पुस २४ गते खरिद हुने निक्षेपपत्रका लागि दिउँसो २ बजेसम्म आवेदन दिन सक्नेछन् । 

    इच्छुक आवेदकले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । 

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend