काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ३ सय रुपैयाँले बढेर १ लाख १९ हजार ५ सय रुपैयाँ पुगेको छ ।
भने तेजाबी सुन १ लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेको छ । चाँदी तोलाको १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।