Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

ट्राफिक कारबाहीबाटै करिब ८० करोड राजस्व सङकलन


२४, माघ २०८०
  • 127
    SHARES
  • ट्राफिक कारबाहीबाटै करिब ८० करोड राजस्व सङकलन

    काठमाडौँ । देशभर सवारी चेकजाँच र ट्राफिक नियममा कारबाही गरेर मात्रै प्रहरीले करिब ८० करोड रुपैयाँ राजस्व उठाएको छ । 

    चालु आर्थिक वर्षको हालसम्मको अर्थात् साउनदेखि पुस मसान्तसम्मको अवधिमा देशभरबाट ट्राफिक कारबाही गरेर ७९ करोड ७१ लाख ४४ हजार ८५२ रुपैयाँ राजश्व सङ्कलन भएको हो । 

    यो छ महिनामा प्रहरीले ट्राफिक नियम उल्लङ्घन गर्ने १० लाख ५२ हजार ५५ वटा सवारी साधनलाई कारबाही गरेको छ ।त्यसमध्ये काठमाडौँ उपत्यकामा मात्रै ३२ करोड ३३ लाख ७० हजार रुपैयाँ राजस्व सङ्कलन भएको प्रहरीले जनाएको छ । 

    कोशी प्रदेशमा ७ करोड ८७ लाख, मधेश प्रदेशमा १० करोड ५ लाख, बागमती प्रदेशमा ७ करोड ८८ लाख, गण्डकी प्रदेशमा ८ करोड १८ लाख, लुम्बिनी प्रदेशमा ९ करोड ३८ लाख, कर्णाली प्रदेशमा १ करोड ५६ लाख र सुदूरपश्चिम प्रदेशमा २ करोड ४२ लाख रुपैयाँ राजस्व सङ्कलन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    सङ्कलन भएको राजस्वमध्ये ट्रक-ट्याङकरबाट १५ करोड १९ लाख, बस-मिनिबसबाट ९ करोड २० लाख, कार-जिप-भ्यानबाट १८ करोड ९० लाख, ट्याक्टरबाट २ करोड ८८ लाख, मोटरसाइकलबाट ३१ करोड १७ लाख र टेम्पो तथा अन्यबाट २ करोड ५३ लाख रुपैयाँ राजश्व गरिएको हो ।

    प्रहरीले मादक पदार्थ सेवन गरी सवारी चलाउने, तीव्र गतीमा सवारी चलाउने, लेन अनुशासन कायम नराख्ने, क्षमता भन्दा बढी राख्ने, जथाभावी पार्किङ गर्ने, तोकिएको भन्दा बढी भाडा लिने, आवश्यक कागजात तथा सवारी चालक अनुमति पत्र नभएका लगायतका कारवाही गरेबापत यतिका रकम सङ्कलन गरेको हो ।

    प्रहरीका केन्द्रीय प्रवक्ता भीमप्रसाद ढकालले प्रहरीले जरिवाना गरेर राजस्वमात्रै सङ्कलन गर्नेभन्दा पनि नागरिकको जिउधनको रक्षामा जोड दिएको दाबी गर्छन् । ‘प्रहरीले जरिवाना मात्र गर्दैन । सकभर कारवाही गर्न नपरोस् भन्ने नै चाहान्छ । तर नियम मिचेर जोखिममा रहेको देखेपछि दुर्घटनाबाट बचाउनु प्रहरीको दायित्व हो,’ उनले भने ।

    प्रहरीले ट्राफिक नियम कार्यान्वयनका लागि सचेतनामूलक कार्यक्रमहरू समेत निरन्तर सञ्चालन गरिरहेको दाबी गरे । यो अवधिमा प्रहरीले कारवाहीमा परेका १० लाख ५२ हजार ५५ सवारी साधनमध्ये ट्रक-ट्याङकर १ लाख ७० हजार ८४२ वटा, बसरमिनिबस १ लाख ९ हजार ३७७ वटा, कार-जिप र भ्यान २ लाख ६१ हजार ६३६ वटा, ट्याक्टर ४१ हजार ६४१ वटा, मोटरसाइकल ४ लाख ३२ हजार ९८ वटा र टेम्पो तथा अन्य ३६ हजार ४६१ वटालाई कारबाही गरेको छ भने तिनीहरूलाई सचेतनामुलक कक्षामा समेत सामेल गराइएको छ ।

    प्रवक्ता ढकालले भने, ‘कानून कार्यान्वयनमा कठोरतापूर्वक लागेका छौँ । सडक सुरक्षालाई प्राथमिकता राखेका छौँ । प्रहरीको आचरण र व्यवहारमा शिष्टता कायम गर्न तल्लीन छौँ । नेपाल प्रहरीले ट्राफिकबाट मात्र नभई राज्यको कानून कार्यान्वयनको क्रममा फैसला कार्यान्वयनबाट पक्राउ, अवैध भन्सार छलि लगायतका कार्यहरूबाट समेत राजश्व सङ्कलन गरी वार्षिक रूपमा ठूलो परिमाणमा राजश्व सङ्कलन गर्दै आएको छ ।’

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend