Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

प्रक्रिया पूरा गरेका कम्पनीको आइपिओ निष्कासन रोक्न हुँदैन : अध्यक्ष ढकाल


२४, माघ २०८०
  • 160
    SHARES
  • प्रक्रिया पूरा गरेका कम्पनीको आइपिओ निष्कासन रोक्न हुँदैन : अध्यक्ष ढकाल

    काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रक्रिया पूरा भएर पनि रोकिएका कम्पनीका आइपिओ निष्कासन रोक्न नहुने बताउनुभएको छ ।

    बुधबार इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)ले काठमाडौँमा आयोजना गरेको अन्तरक्रियामा ढकालले धितोपत्र बोर्डको अध्यक्ष नभएकै कारण प्रक्रिया पूरा भइसकेका कम्पनीको आइपिओ निष्कासन रोक्न नहुनेमा जोड दिनुभयो ।

    २५ देखि ३० वटासम्म कम्पनी नियमित आईपीओमा लैजान लाइनमा रहेको भन्दै ढकालले ती कम्पनीका आइपियो निष्कासन गर्न दिनुपर्ने बताउनुभयो ।

    ढकालले भन्नुभयो, ‘माननीय अर्थमन्त्री ज्यु करिब २५ देखि ३० वटा कम्पनीहरू जुन रेगुलर आईपीयोमा लग्नको लागि लाइनमा छन् । त्यो धेरै महिनादेखि रोकिएको छ ।

    ती कम्पनीले प्रक्रिया पुर्‍याएर एउटा चिठीको लागि कुरेर बसेका छन् । प्रक्रिया पूरा भएको र प्रक्रिया पूरा गर्ने अन्तिम चरणमा पुगेका कम्पनीलाई आइपिओ निष्कासन गर्न दिनुपर्छ भन्ने कुरा निजी क्षेत्रको तर्फबाट राख्छु।

    ’उहाँले प्रिमियममा दिनुपर्ने र गम्भीर प्रकृतिका बाहेक प्रक्रिया पूरा गरिसकेका कम्पनीका आइपिओ निष्कासन गर्न दिनुपर्ने बताउनुभएको हो । बोर्डको अध्यक्षको कारणले प्रक्रिया पुर्‍याएका कम्पनीलाई रोक्न नहुनेमा उहाँले जोड दिनुभयो ।

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend