Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

आजदेखि इ-भिसा, स्वचालित प्रणाली र अनलाइन भुक्तानी सुरु


२६, माघ २०८०
  • 150
    SHARES
  • आजदेखि इ-भिसा, स्वचालित प्रणाली र अनलाइन भुक्तानी सुरु

    काठमाडौं । अध्यागमन विभागले आजदेखि ई-भिसा, कार्यालय स्वचालन प्रणाली र अनलाइन भुक्तानीको शुभारम्भ गरेको छ ।आज विभागको कालिकास्थानस्थित कार्यालयमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सो सेवाको शुभारम्भ गरे ।

    विभागका महानिर्देशक रुद्रसिंह तामाङले फागुन १ गतेदेखि विहान बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सेवा सुरु हुने बताए । ‘हाल विहान १० बजेदेखि ५ बजेसम्म कार्यालय सञ्चालन हुने गरेकोमा फागुन १ गतेदेखि विहान ८ बजेदेखि साँझ ८ बजेसम्म र इ-भिसा सुरु भएपछि बिहान ७ बजेदेखि बेलुकी ९ बजेसम्म सिफ्ट प्रणालीमा हरेक दिन कार्यालय सञ्चालन हुनेछ’, उनले भने ।

    ‘ई-भिसा’ लागू गर्ने पूर्वअभ्यासका लागि ‘इलेक्ट्रोनिक ट्राभल अथोराईजेसन’ (इटीए) लागू गरिएको विभागले जानकारी दिएको छ । यसमार्फत संसारको कुनै पनि ठाउँबाट विदेशी नागरिकले अनलाइनमार्फत भिसा आवदेन गर्नसक्ने र अनलाइनमार्फत नै भिसा शुल्क बुझाउन सक्नेछन् । विभागले सबै प्रकार सेवा शुल्क तथा जरिवानाहरु नेपालका मोबाइल बैंकिङ र वालेट सेवा प्रदायकमार्फत भुक्तानी गर्न सकिने जनाएको छ ।

    सेवाग्राहीले अनलाइनमार्फत दिएको आवेदनको अवस्था तथा भुक्तानीको विवरण ‘ट्रयाक’ गरी हेर्न सकिने छ । विभागले सो बारे जानकारी इमेल तथा एसएमएसमार्फत दिने र डिजिटल साक्षरता कम भएका सेवाग्राहीका लागि कर्मचारीमार्फत सहजिकरण गर्ने व्यवस्था मिलाएको छ ।

    विभागका महानिर्देशक तामाङले समग्र अध्यागमन प्रशासनलाई पारदर्शी, उत्तरदायी, मितव्ययी बनाउनका लागि सरल, सहज र छिटो छरितो सेवा प्रवाह गर्न पूर्णरुपमा अनलाइनमार्फत स्वचालित सेवा प्रणाली प्रारम्भ गरिएको जानकारी दिनुभयो । उहाँले यसै महिनादेखि डिजिटल हस्ताक्षर पनि प्रयोगमा ल्याइने बताए ।

    विभागले नयाँ वेवसाइट आजैदेखि सुरु गरेको छ । महानिर्देशक तामाङले सबै अध्यागमन कार्यालयलाई स्वचालित प्रणालीको सञ्जालमा जोडिएको बताए । ‘यस विभागबाट प्रदान हुने सबै प्रकारका सेवा अनलाइनमार्फत् स्वचालित रुपमा सञ्चालन भइरहेकाले नयाँ भिसा प्राप्त गर्न, भिसाको म्याद थप गर्न, पदयात्रा अनुमति प्राप्त गर्न सेवाग्राही भौतिक रुपमा कार्यालयमा उपस्थित हुनुपर्ने, आवेदन दिन र भुक्तानी गर्न लाइन बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ’, उनले भने ।

    विभागले नाता र विवाहका आधारमा गैर पर्यटक भिसा लिने सेवाग्राही बाहेक अन्य सेवाग्राही विभाग आउन नपर्ने व्यवस्था गरेको हो । ‘अब सबै प्रक्रिया अनलाइनमार्फत नै हुनेछ भने सेवाग्राही भिसा स्टिकर टाँस्न मात्र विभाग वा नेपालको जुनसुकै अध्यागमन कार्यालयमा जान सक्छन्’, उनले भने ।

    विभागको अनलाइन प्रणालीलाई राहदानी विभाग, उद्योग विभाग, कन्सुलर सेवा विभाग, भन्सार विभाग, ईन्टरपोल, वैदेशिक रोजगार विभाग, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र भुक्तानीका लागि महालेखा नियन्त्रक कार्यालय तथा अन्य विभिन्न निकायका अनलाइन प्रणालीसँग अन्तरआवद्धता गरिएको छ । विभागले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँग समेत अन्तरआवद्धताका लागि तयारी गरिरहेको जनाएको छ ।

    विदेशी नागरिकहरुले विभागबाट लिने सेवाको सेवा शुल्कको भुक्तानीका लागि अन्तर्राष्ट्रिय भुक्तानी प्रदायकमार्फत विभागको प्रणालीलाई जोड्न महालेखा नियन्त्रक कार्यालयसँग समन्वय भइरहेको समेत जानकारी दिइएको छ ।

    भिजिट भिसामा जाने नागरिकले स्वघोषणा फारम अनलाइनमार्फत भर्न सक्ने व्यवस्था मिलाइएको छ । आगामी फागुन १ गतेदेखि विदेशी नागरिकले निषेधित क्षेत्रमा पदयात्रा गर्नुपर्दा लिनुपर्ने पदयात्रा इजाजतपत्रलाई ‘अटो ट्रेकिङ एजेन्सी’ प्रणालीमा लैजाने र आवेदकले नेपाली बैङ्किङ प्रणालीमार्फत भुक्तानी गरे पश्चात अध्यागमन विभागको प्रणालीबाट विद्युतीय हस्ताक्षरित इजाजत जारी हुने व्यवस्था गरिएको छ । सो इजाजतपत्र सम्बन्धित एजेन्सीले आफैले प्रिन्ट गर्न सक्ने छन् ।

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend