Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

१६ बाणिज्य बैंकले घटाए ब्याजदर,कुनको कति ?


२९, माघ २०८०
  • 136
    SHARES
  • १६ बाणिज्य बैंकले घटाए ब्याजदर,कुनको कति ?

    काठमाडौं । फागुन महिनाका लागि बाणिज्य बैंकहरुले निक्षपमा नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । फागुन महिनाको लागि औषत व्याजदर घटाइएको छ । माघ महिनामा ८.१२ प्रतिशत औषत व्याजदर कायम भएको थियो भने अहिले घटेर औषत व्याजदर ७.७२ प्रतिशत कायम भएको छ ।

    राष्ट्र बैंकको नियमअनुसार आउँदै महिनाका लागि अघिल्लो महिनाको समान्तमै व्याजदर सार्वजनिक गर्नुपर्ने हुन्छ । सोही व्यवस्थाअनुसार बाणिज्य बैंकहरुले ब्याजदर घटाएका हुन् । २० वटा बाणिज्य बैंकमध्ये १६ वटाले व्याजदर घटाएका छन् भने ४ वटा बैंकले माघ महिनाकै ब्याजदर कायम राखेका छन् ।

    कृषि विकास बैंकले माघ महिनाका लागि ९.१५ प्रतिशत कायम गरेको व्याजदर घटाएर फागुनका लागि ६.४४२ प्रतिशत तोकेको छ । त्यसैगरी नेपाल बैंकले ८ प्रतिशतबाट घटाएर नयाँ ब्याजदर ७.२५ प्रतिशत कायम गरेको छ । राष्ट्रिय बाणिज्य बैंकले ८.०७ बाट घटाएर नयाँ ब्याजदर ७.३५ प्रतिशत कायम गरेको छ ।

    त्यसैगरी, सिटिजन्स बैंकले ८.२५, स्ट्यान्डर्ड चार्टर्डले ७.३५, प्राइम कमर्शियल बैंकले ७.४०, सानिमा बैंकले ७.५१, नेपाल इन्भेष्टमेन्ट बैंकले ८, प्रभु बैंकले ७.५, एनएमबी बैंकले ८.५, ग्लोबल आईएमई बैंकले ७.६, नविल बैंकले ७.७५, नेपाल एसबीआई बैंकले ८.१, कुमारी बैंकले ८.०१, सिद्धार्थ र एनआईसी एसीया बैंकले ८/८ प्रतिशत नयाँ ब्याजदर कायम गरेका छन् ।

    हिमालयन, एभरेष्ट, लक्ष्मीसनराइज र माछापुछ्रे बैंकले माघ महिनाकै ब्याजदरलाई कायम राखेका छन् । हिमालयनको ब्याजदर ८.१५ प्रतिशत रहेको छ भने अन्य तीन वटा बैंकको ब्याजदर ८ प्रतिशत रहेको छ ।

     

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend