Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

नेपालको समग्र बैंकिङ क्षेत्र सक्षम र सवल छ : राष्ट्र बैंक(विज्ञप्तीसहित)


८, फागुन २०८०
  • 133
    SHARES
  • नेपालको समग्र बैंकिङ क्षेत्र सक्षम र सवल छ : राष्ट्र बैंक(विज्ञप्तीसहित)

    काठमाडौं । नेपाल राष्ट्र बैंकले इजाजतपत्र प्राप्त गरी उक्त बैंकको प्रत्यक्ष नियामकीय तथा सुपरिवेक्षकीय दायरामा रहेका बैंक तथा वित्तिय संस्थाहरुको सञ्चालन तथा स्थायित्वका सम्बन्धमा हाल केही व्यक्ति/समूहले भ्रामक अभिव्यक्ति दिएको र दुष्प्रचार गरेको भन्दै गम्भीर ध्यानाकार्षण भएको जनाएको छ ।

    राष्ट्र बैंकले आज एक विज्ञप्ती जारी गर्दै यस्तो ध्यानाकार्षण गराएको हो । राष्ट्र बैंकले बैकिङ क्षेत्र अर्थव्यवस्थाको मेरुदण्ड भएको उल्लेख गरेको छ ।

    जारी विज्ञप्तीमा भनिएको छ–‘पछिल्लो समयमा इजाजतपत्र प्राप्त बैंक तथा वित्तिय संस्थाहरुको पुँजीकोषको अवस्था, कर्जा निक्षेप अनुपातको अवस्था एवम् तरलताको अवस्थासम्बन्धी परिसुचकहरु यस बैंकको निर्देशनअनुरुप नै रहेको छ ।

    कुनै बैंक तथा वित्तिय संस्थामा यी परिसुचकहरु तथा कर्जा, संस्थागत सुशासनलगायतका अन्य विषयमा कुनै समस्या देखिएमा यस बैंकले समयसमयमा आवश्यक निर्देशन दिई सुधार गराउँदै आईरहेको छ ।

    बैंक तथा वित्तिय संस्थाहरुले सर्वसाधारणको निक्षेप परिचालन गर्ने हुँदा यस बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन दिँदा र निरीक्षण/सुपरिवेक्षण गर्दासमेत सर्वसाधारणको निक्षेपको सुरक्षालाई पहिलो प्राथमिकतमा राखेको हुन्छ ।’

    राष्ट्र बैंकले नेपालका बैंक तथा वित्तिय संस्था सञ्चालनको पछिल्लो अवस्था हेर्दा समग्र बैंकिङ क्षेत्र सक्षम र सवल रहेको दाबी गरेको छ ।nepal-rastra-bank-543x768.jpg

     

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend