Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

दूरसञ्चार कम्पनीहरूबाट उठ्यो ४ अर्ब ८२ करोड


१०, फागुन २०८०
  • 141
    SHARES
  • दूरसञ्चार कम्पनीहरूबाट उठ्यो ४ अर्ब ८२ करोड

    काठमाडौँ । निजी क्षेत्रको लगानीबाट सञ्चालित एनसेल आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा धेरै रोयल्टी तिर्ने कम्पनी बनेको छ । एनसेल गत आर्थिक वर्षमा सबैभन्दा धेरै रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ)मा योगदान गर्ने दूरसञ्चार कम्पनी बनेको हो ।

    नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार एनसेलले गत आर्थिक वर्षमा यी शीर्षकमा २ अर्ब भन्दा बढी राजश्व तिरेको छ । कम्पनीले गत आर्थिक वर्षमा रोयल्टीबापत राज्यकोषमा १ अर्ब ४७ करोड रुपैयाँ तिरेको तथ्यांक नेपाल दूरसञ्चार प्राधिकरणले दिएको छ । यस्तै, प्राधिकरणका अनुसार आरटीडीएफबापत ७३ करोड ७५ लाख रुपैयाँ एनसेलले बुझाएको छ 

    एनसेलले आर्थिक वर्ष २०७८/७९ मा सरकारलाई १ अर्ब ५८ करोड रुपैयाँ रोयल्टी बुझाएको थियो । यस्तै, सोही आर्थिक वर्षमा आरटीडीएफमा योगदान ७९ करोड १ लाख रुपैयाँ राज्य कोषमा जम्मा गरेको थियो ।प्राधिकरणको प्रावधानअनुसार बर्सेनि पुस मसान्तभित्र दूरसञ्चार ऐन २०५३ तथा दूरसञ्चार नियमावली २०५४ अनुसार सबै सेवा प्रदायकले अनिवार्य रूपमा वार्षिक रुपमा आम्दानीको ४ प्रतिशत रोयल्टी र २ प्रतिशत आरटीडीएफ बुझाउनुपर्छ ।

    पुस मसान्तसम्ममा ३१ वटा कम्पनीले मात्रै गत आर्थिक वर्ष २०७९/८० को रोयल्टी र आरटीडीएफ तिरेका छन् ।यस्तो शुल्क बुझाउने सूचीमा मा नेपाल टेलिकम, एनसेल, वर्ल्ड लिंक, सुविसुसहित कुल ३१ कम्पनी छन् । नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमति लिएर १२१ वटा कम्पनीहरूले सेवा सञ्चालन गरिरहेका छन् र अझै ९० वटाले शुल्क बुझाउन बाँकी छ । शुल्क बुझाउने ३१ कम्पनीले ४ अर्ब ८२ करोड १८ लाख रुपैयाँ तिरेको प्राधिकरणले जानकारी दिएको छ ।

    सेवा प्रदायकहरुले अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा ३ अर्ब ५० करोड ८९ लाख रुपैयाँ रोयल्टी र आरटीडीएफमा १ अर्ब ७५ करोड २७ लाख गरी ५ अर्ब २५ करोड २७ लाख रुपैयाँ बुझाएका थिए । सेवा प्रदायकहरूको आयमा आएको गिरावटसँगै रोयल्टी लगायतका शीर्षकहरूमा राजश्व योगदान बर्सेनि घट्दो अवस्थामा छ ।

    सरकारी स्वामित्व रहेको नेपाल टेलिकमले गत आर्थिक वर्ष २०७९/८० मा रोयल्टी बापत १ अर्ब ४३ करोड रुपैयाँ बुझाएको छ । त्यसैगरी, आरटीडीएफबापत टेलिकमले ७१ करोड ९३ लाख ५३ हजार रुपैयाँ बुझाएको तथ्याङ्क छ ।

    टेलिकमले अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा रोयल्टीबापत १ अर्ब ५० करोड रुपैयाँ रोयल्टी र आरटीडीएफमा ७४ करोड ९९ लाख रुपैयाँ योगदान गरेको थियो । एनसेल र नेपाल टेलिकम दुवै सरकारलाई सबैभन्दा बढी कर तिर्ने संस्थाहरूमा पर्छन् ।

    यो वर्ष अहिलेसम्म ४ अर्ब ८२ करोड १८ लाख रोयल्टी र आरटीडीएफ रकम उठेको छ । प्राधिकरणका अनुसार ठुला र धेरै राजस्व भएका कम्पनीले जरिवाना लाग्नु अगाडि नै रोयल्टी र आरटीडीएफ तिरिसकेका छन् ।

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend