Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

झिमरुकमा निःशुल्क शिक्षाले विद्यार्थीको आकर्षण बढदो


३०, फागुन २०८०
  • 154
    SHARES
  • झिमरुकमा निःशुल्क शिक्षाले विद्यार्थीको आकर्षण बढदो

    प्यूठान । झिमरुक गाउँपालिकाले स्नातक तहसम्म निःशुल्क शिक्षाको व्यवस्था गरेपछि विद्यार्थीको आकर्षण बढेको छ ।

    झिमरुक गाउँपालिका–५ मच्छिमा रहेको गौमुखी क्याम्पसमा पढ्ने विद्यार्थीलाई शिक्षा र भर्ना शुल्कमा छुट दिएपछि विद्यार्थीको सङ्ख्या वृद्धि भएको क्याम्पसले जनाएको छ । 

    गत वर्ष क्याम्पसको पहिलो वर्षमा भर्ना भएका विद्यार्थीको सङ्ख्या ५३ रहेकामा यस वर्ष वृद्धि भई एक सय ४५ जना पुगेको गौमुखी क्याम्पसका क्याम्पस प्रमुख शेरबहादुर जिसीले जानकारी दिनुभयो । 

    झिमरुक गाउँपालिकाको आर्थिक वर्ष २०८०/८१ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत गौमुखी क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीलाई निःशुल्क शिक्षा प्रदान गर्ने नीति तथा कार्यक्रम लिएको थियो ।

    सो कार्यक्रमले क्याम्पसमा स्नातक अध्ययन गर्न विद्यार्थीलाई आकर्षित गरेको क्याम्पस प्रमुख जिसीले बताउनुभयो । 

    क्याम्पस प्रमुख जिसीका अनुसार विद्यार्थीले प्रथम वर्षमा रु तीन हजार पाँच सय ५०, दोस्रो र तेस्रो वर्षमा रु तीन हजार र चौथो वर्षमा रु दुई हजार पाँच सय भर्ना शुल्क र मासिक रु आठ सयका दरले शिक्षा शुल्क बुझाउनुपर्दथ्यो । झिमरुक गाउँपालिकाको सहयोगपछि सो शुल्क पूर्ण रुपमा छुट गरिएको छ । 

    क्याम्पसले भने फर्निचर र व्यवस्थापन भन्दै वार्षिक रु एक हजार लिने गरेको छ । क्याम्पस प्रमुख जिसीले भन्नुभयो, “व्यवस्थापन र प्रयोगात्मक परीक्षा शुल्क विद्यार्थीले व्यहोर्नुपर्ने भए पनि भर्ना र शिक्षा शुल्क पूर्णरुपमा छुट हुँदा विद्यार्थी राहत पुगेको छ ।” २०६३ सालमा स्थापित गौमुखी क्याम्पसमा शिक्षा र व्यवस्थापन सङ्काय अन्तर्गतका विषयमा पढाइ हुन्छ । 

    क्याम्पसभर जम्मा दुई सय ७० जना विद्यार्थी रहेका छन् । निःशुल्क शिक्षाले महिलालाई उच्च शिक्षाको पहुँचमा ल्याउन थालेको छ । पहिलो वर्षमा भर्ना भएका एक सय ४५ जना विद्यार्थीमध्ये एक सय ३० जना छात्रा रहेको क्याम्पसको तथ्याङ्क छ । प्रथम वर्षको रजिष्ट्रेसन सुरु नभएकाले विद्यार्थी सङ्ख्या अझै वृद्धि भई एक सय ७० जनाको अनुमान गरिएको जिसीको भनाइ छ ।

    यस वर्षपछि वृद्धि हुन थालेपछि क्याम्पस सञ्चालनमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ । आयस्रोतविहीन बस्तीमा निःशुल्क पठनपाठनले विद्यार्थीलाई सहज र पहुँच वृद्धि गरिदिएको झिमरुक गाउँपालिका–५ ओखरकोटका स्थानीयवासी दलबहादुर जिसीले बताउनुभयो । 

    झिमरुक गाउँपालिकाले स्नातक तहमा निःशुल्क शिक्षाका लागि गत आर्थिक वर्षमा रु २५ लाख बजेट विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष पितबहादुर महतरा क्षत्रीले जानकारी दिनुभयो ।

    क्याम्पसलाई बर्सेनि अनुदान दिँदै आइरहेको भए पनि यस वर्षबाट गाउँपालिकाले स्नातकसम्मको शिक्षा निःशुल्क गर्ने योजनाअनुसार बजेट व्यवस्था गरेको उहाँले बताउनुभयो । 

    गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा रु २५ लाख र आर्थिक वर्ष २०८०/८१ मा रु २५ लाख  उपलब्ध गराइसकेको छ । विद्यार्थी सङ्ख्याअनुसार थप व्यवस्था 

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend