Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

नेपाली फिल्मका लोकप्रिय 'होली गीतहरु'


११, चैत २०८०
  • 350
    SHARES
  • नेपाली फिल्मका लोकप्रिय 'होली गीतहरु'

    काठमाडौँ । होली अर्थात फागु रङ्गहरूको पर्व हो । फागुन शुल्क पूर्णिमाका दिन मनाइने होली आइतबार काठमाडौँ उपत्यकालगायत देशभरका पहाडी जिल्लाहरूमा मनाइँदै छ ।

    विभिन्न रङ्ग तथा पानी एकअर्कोलाई छ्याप्दै प्रेम र सद्भावको साथ यो पर्व मनाइन्छ । वसन्त ऋतुलाई स्वागत गर्दै मनाइने होली प्रसङ्गले नेपाली फिल्ममा पनि राम्रोसँग प्राथमिकता पाउँदै आएको छ ।

    फिल्ममा होली पर्व र त्यस्ता गीत समेट्ने चलन पहिलेदेखि अहिलेसम्म छन् । नेपाली फिल्ममा रहेका दर्जन होली गीत जसको चर्चा यहाँ गर्न खोजिएको छ ।

    ‘होलीले मेरो रङ्गायो नयाँ चोली’ :

    हरेक होलीमा धेरै प्राथमिकता पर्ने गीत हो यो । सन् १९९३ मा निर्माण भएको फिल्म ‘अधिकार’मा समावेश यो गीतमा राजेश हमाल, कृष्टि मैनाली, मिथिला शर्मा लगायतको अभिनय छ । यस फिल्ममा होलीको गीतलाई विशेष महत्त्व दिइएको छ । गीतमा उदित नारायण झा, दिपा झा, प्रकाश श्रेष्ठ र पूर्णिमा श्रेष्ठको स्वर छ । यो गीतलाई हरेक पुस्ताले रुचाउँदै आएका छन् ।

    ‘फागु हो फागु हो’ :

    २००० सालमा प्रदर्शन ‘वसन्ती’ एक ऐतिहासिक विषयमा निर्माण भएको फिल्म हो । फिल्ममा राणाकालीन समयमा दरबारभित्र होलीलाई कसरी मनाइन्थ्यो भन्ने कुरा देखाएको छ । गीतमा राजेश हमाल, करिश्मा मानन्धर र निरुता सिंह लगायतको अभिनय देख्न सकिन्छ ।

    नेपालका प्रख्यात उपन्यासकार डायमण्ड शमशेर राणाले लेखेको उपन्यास ‘वसन्ती’ मा आधारित रहेर निर्माण भएको यो फिल्म नीर शाहले निर्देशन गरेका हुन् । नीर शाहकै शब्द रहेको गीतमा शम्भुजित बाँस्कोटाको सङ्गीत र ज्ञानु राणा र लोचन भट्टराईको स्वर छ ।

    ‘आज जनकपुरमे होली है’ :

    फिल्म सितामा रहेको यो गीत अहिले पनि लोकप्रिय छ । स्वर्गीय श्रीकृष्ण श्रेष्ठ, सारङ्गा श्रेष्ठ, राजाराम पौडेल, किरण केसी अभिनीत फिल्म २०५१ चैत २५ गते प्रदर्शनमा आएको थियो । फिल्ममा जनकपुर क्षेत्रमा कसरी होली मनाइन्छ भन्ने कुरा देखाइएको छ ।

    होली रे :

    फिल्म ‘बटरफ्लाई’मा समावेश ‘होली रे ’ गीत पनि हरेक वर्षको होलीमा अत्याधिक बज्ने गीतहरूमा पर्छ । अभिनेत्री प्रियंका कार्की र अभिनेता आर्यन अधिकारीको अभिनय रहेको गीतमा राजेश पायल राई र मान्डवी त्रिपाठीले स्वर दिएका छन् । प्रमोद ढुंगानाको शब्द रहेको गीतमा विकास चौधरीको सङ्गीत भरेका छन् । फिल्म ओम प्रतिकले निर्देशन गरेका हुन् ।

    होरीमे गोरी :

    पुर्णेन्द्र झा निर्देशित फिल्म संरक्षणमा समावेश ‘होरीमे गोरी’ बोलको होली गीत तराई क्षेत्रमा होलीको समय धेरै बज्ने गीत मध्येको एक हो । भोजपुरीमा शब्द रहेको यो गीतमा फिल्म भने नेपाली भाषामा निर्माण भएको थियो । नेहा प्रियादर्सन र प्रवेश मल्लिकको स्वर रहेको गीतमा  धिरेन्द्र प्रेमर्षीको शब्द र सङ्गीत प्रवेश मल्लिकको रहेको छ । सौगात मल्ल र अशिष्मा नकर्मीलगायतको नृत्य गीतमा छ । फिल्म प्रदीप कुमार उदयले निर्माण गरेका हुन् ।

    आऊ न आऊ खेलौँ होली :

    अभिनेत्री करिस्मा मानन्धरले निर्माण गरेको फिल्म ‘फागु’मा रहेको ‘आऊ न आऊ खेलौँ होली’ हरेक वर्षको होलीमा धेरै बज्ने गर्छ । गीतमा दयाराम पाण्डेको शब्द वसन्त सापकोटाको सङ्गीत छ । मिना निरौला, मनोज महत्तो, रञ्जित कुमार सहानीको स्वर रहेको गीतमा शिल्पा पोखरेल र सुवास पराजुलीको अभिनय छ । फिल्मलाई सम्झना उप्रेती रौनियारले निर्देशन गरेकी हुन् । 

    ‘रङ्ग रंगा’ :

    अभिनेता अनमोल केसी अभिनीत फिल्म ‘गाजलु’मा रहेको गीत हो ‘रङ्ग रंगा’ । जैन जेको शब्द तथा सङ्गीत रहेको गीतमा शिवानी मोक्तानको स्वर छ । गीतमा अनमोल केसी, गौरव पहारी, मेनुका प्रधान, सलोन बस्नेत, सृष्टि श्रेष्ठलगायतको अभिनय छ । हेमराज विसी निर्देशित फिल्म रोहित अधिकारीले निर्माण गरेका हुन् । यो गीतले हरेक वर्षको होलीमा राम्रै प्राथमिकता पाएको देख्न सकिन्छ ।

     

     

  • नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको निधन

    काठमाण्डौ । नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको गएराति निधन भएको छ । उहाँको ९१ वर्षको

  • तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने

    तनहुँ । नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती गृहजिल्लामा विविध कार्यक्रमसहित मनाइने भएको

  • समय बदलिन समय नै लाग्दैन - कल्याण गुरुङ

    हे प्रिय आत्मीयहरू, सम्बन्धहरू कहिल्यै ठूला-ठूला भाषणले टुट्दैनन्, टुट्छन् त साना अहंकार, झिनो जिद्दी र मौनताको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend