Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

नेपालगञ्जको वाटरपार्कमा एक करोड रुपैयाँ खर्चेर सेवा विस्तार


११, चैत २०८०
  • 123
    SHARES
  • नेपालगञ्जको वाटरपार्कमा एक करोड रुपैयाँ खर्चेर सेवा विस्तार

    बाँके – मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले नेपालगञ्जको वाटरपार्कमा सेवा विस्तार गरेको छ ।

    एक करोड आठ लाख रुपैयाँ लागतमा तयार गरेर परीक्षणकालीन व्यावसायिक सेवा शुरु गरेको कम्पनीले आउँदो वैशाखमा भब्य उद्घाटन गर्ने तयारी गरेको सञ्चालक बिष्णु ढकालले बताउनुभयो ।

    खासै प्रयोगमा अनाएको नेपालगञ्जको वाटर पार्क पोखरीलाई मोटरबोट चलाउन योग्य बनाउन झण्डै दुई महिना समय लागेको ढकालले जानकारी दिनुभयो ।

    वाटरपार्कमा पानीको सतह कायम राख्न कम्पनीले नै बोरिङ गरेर प्रयोग गरेको छ । कम्पनीले वाटरपार्कमा मोटरबोट सञ्चालन गरे वापत नेपालगञ्ज महानगरपालिकालाई वार्षीक २५ लाख रुपैयाँ बुझाउने सम्झौता भएको ढकालले जानकारी दिनुभयो । १२ सय बर्गमिटरको तालमा पर्यटकले मोटरबोटमा घुम्दै चार किलोमिटर दुरी सयर गर्न सक्नेछन् ।

    यसअघि चितवनको नारायणघाट र देवघाट साथै सर्लाहीको भरततालमा पर्यटकहरुलाई मोटरबोट सेवा दिँदै आएको कम्पनीले छिट्टै सुर्खेतको बुलबुले तालमा पनि मोटरबोट सञ्चालनमा ल्याउने योजना बनाएको ढकालले बताउनुभयो ।

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend