Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

शेयर बजार लगातार पाँचाैँ दिन घट्याे


२२, चैत २०८०
  • 184
    SHARES
  • शेयर बजार लगातार पाँचाैँ दिन घट्याे

    काठमाण्डाै – शेयर बजार लगातार पाँचौँ दिन आज पनि घटेको छ । गएको आइतवारदेखि ओरालो लागिरहेको शेयर बजार परिसूचक नेप्से आज दुई दशमलव ७३ अङ्कले घटेर दुई हजार चार दशमलव शून्य पाँच विन्दुमा झरेको छ ।

    आज फाइनान्स, होटल तथा पर्यटन, माइक्रोफाइनान्स, निर्जीवन र व्यापारबाहेक सबै समूहको शेयर घटेको छ । आज उत्पादन तथा प्रशोधन समूहको शेयर सबैभन्दा धेरै एक सय १० अङ्कले ओरालो लागेको छ ।

    आज पिपुल्स पावर कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन मानुषी लघुवित्त र मनकामना स्मार्ट लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

    बजार घटे पनि आज कारोबार रकममा भने सुधार भएको छ । हिजाे साढे दुई अर्बको कारोबार भएकोमा आज तीन सय दुई वटा कम्पनीको ६९ लाख ६३ हजार कित्ता शेयर तीन अर्ब तीन करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै गुर्खाज फाइनान्स कम्पनीको २३ करोड ३२ लाख रुपैयाँको शेयर किनबेच भयो ।

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend