Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

घट्दो क्रममा बैंकको ब्याजदर


२७, चैत २०८०
  • 122
    SHARES
  • घट्दो क्रममा बैंकको ब्याजदर

    काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनायता बैंकहरूको ब्याजदर घट्दै गएको छ । बजार चलायमान नहुँदा बैंकहरूले दिने कर्जाको माग पनि कम छ ।

    त्यसका साथै बैंकहरूसँग प्रयाप्त पैसा भएपछि लगानी गर्न सक्ने अवस्थामा छैनन् । पुरानो कर्जा उठाउन नसक्दा अहिले अधिकांश बैंकहरू पुँजीकोष दबाबमा छन् ।

    त्यसले पनि बैंकहरूको ब्याजदर सस्तो छ । आगामी वैशाखमा पनि अधिकांश बैंकहरूले ब्याजदर घटाउने संकेत देखाएका छन् ।

    अहिले गत वर्षको तुलनामा बैंकहरूले प्रवाह गर्ने कर्जा र संकलन गर्ने निक्षेपको ब्याजदर सस्तो छ । साउनदेखि नै ब्याजदर क्रमशः घट्दै आएको छ ।

    नेपाल राष्ट्र बैंकका अनुसार फागुनमा बैंकहरूले प्रवाह गर्ने कर्जाको औसत ब्याजदर १०.७८ प्रतिशत छ । गत वर्षको फागुनमा १३.०३ प्रतिशत थियो ।

    अघिल्लो महिना माघमा कर्जाको ब्याजदर ११.०८ प्रतिशत थियो । गत वर्षको माघमा पनि कर्जाको ब्याजदर १३.०३ प्रतिशत नै थियो ।


    आव २०८०/८१ (प्रतिशतमा)आव २०७९/८० (प्रतिशतमा)
    महिनानिक्षेपकर्जानिक्षेपकर्जा
    साउन१२.२४७.६४
    भदौ८.०६१२.२३७.८१
    असोज७.९१२.११८.१६
    कात्तिक७.७६११.९६८.३२
    मंसिर७.६२११.८५८.४६
    पुस७.३२११.३८८.५१
    माघ७.०१११.०८८.४११३.०३
    फागुन६.७४१०.७८८.३७१३.०३

    गत वर्षको तुलनामा ब्याजदर सस्तो भएको भए पनि निजी क्षेत्रमा जाने कर्जामा भने उलेख्य वृद्धि हुन सकेको छैन । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म करिब दुई खर्ब रुपैयाँ निजी क्षेत्रतर्फ प्रवाह भएको छ । यो गत वर्षको तुलनामा ४.२ प्रतिशतले बढेको हो । 

    फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.२ प्रतिशत छ ।

    त्यस्तै, व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.८ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निजी क्षेत्रतर्फ ६४.६ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ ३५.४ प्रतिशत थियो । 

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend