Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

ठमेल र दरबारमार्गमा २४ सैं घण्टा व्यवसाय सञ्चालन हुने


२९, चैत २०८०
  • 144
    SHARES
  • ठमेल र दरबारमार्गमा २४ सैं घण्टा व्यवसाय सञ्चालन हुने

    काठमाडौं – बैशाख १ गतेदेखि काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्रमा पूर्णकालीन २४ सैं घण्टा व्यवसाय सञ्चालन हुने भएको छ । 

    ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नयाँ वर्षदेखि ठमेल र दरबारमार्ग क्षेत्रमा पूर्णकालीन व्यवसाय सञ्चालन गर्ने जानकारी दिएका हुन् । 

    जिल्ला प्रशासन कार्यालयले बनाएको आचारसंहिता बमोजिम कानूनको परिधिभित्र रहेर व्यवसाय सञ्चालन गर्ने उनीहरूले जनाएका छन् ।

    आर्थिक मन्दीको चपेटामा परेको व्यवसायलाई चलायमान बनाउन र शिथिल अवस्थामा रहेको आर्थिक क्रियाकलापलाई अघि बढाउन पूर्णकालीन व्यवसाय सुरु गर्न लागिएको र यसमा सरकारको धेरै साथ र सहयोग प्राप्त भएको उनीहरूको भनाइ छ । 

    ठमेलको भगवान बहाल क्षेत्रभित्रका व्यवसायीहरूले भने पूर्णकालीन व्यवसाय सञ्चालन गर्न पाउनेछैनन् ।

    पत्रकार सम्मेलनमा ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले पूर्णकालीन व्यवसायका कारण आर्थिक गतिविधि चलायमान हुने र थप रोजगारी सिर्जना हुने बताए ।

    ठमेलमा ६० हजारले रोजगारी पाएको र धेरै परिवार यसमा आश्रित रहेको भन्दै उनले सरकारले बनाएको आचारसंहिता अनुसार व्यवसाय सञ्चालन गर्ने धारणा राखे ।

    त्यस्तै दरबारमार्ग विकास बोर्डका संयोजक सञ्जय अधिकारीले पूर्णकालीन व्यवसाय सञ्चालन हुँदा साना साना व्यापारीहरूलाई व्यवसायको थप वातावरण बनेको बताए । उनले पूर्णकालीन व्यवसायका लागि आवश्यक सुरक्षा लगायतका विषयमा सरकारले प्रतिवद्धता जनाएको जिकिर गरे ।

    ठमेल र दरबारमार्ग लगायतका क्षेत्रमा पूर्णकालीन व्यवसाय गर्ने विषयमा यसअघि उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सरोकारवाला निकायसँग छलफल गरेका थिए ।

    प्रहरीले पनि ठमेल र दरबारमार्ग क्षेत्रलाई चौबिसै घण्टा सञ्चालन गर्नका लागि प्रहरीले विशेष सुरक्षा योजना तयार पारेको जनाएको छ । 

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend