Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

सवा खर्बको आयात हुँदा निर्यात साढे १२ अर्ब मात्रै


९, वैशाख २०८१
  • 237
    SHARES
  • सवा खर्बको आयात हुँदा निर्यात साढे १२ अर्ब मात्रै

    काठमाडौँ । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को नौ महिनामा मासिक औसत १ खर्ब २९ अर्ब रुपैयाँ बराबर वस्तु आयात भएको छ । तर, निर्यात भने साढे १२ अर्ब रुपैयाँ मात्रै भएको छ ।

    भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि चैतसम्म ११ खर्ब ६७ अर्ब ३६ करोड रुपैयाँ बराबर वस्तु आयात भएको छ । जुन औसत मासिक १ खर्ब २९ अर्ब हुन आउँछ । चैतमा मात्र १ खर्ब ३७ अर्ब १४ करोड रुपैयाँ बराबर आयात भएको छ ।

    पछिल्ला केही महिनायता आयात क्रमशः बढ्दै गएको देखिन्छ । फागुनमा १ खर्ब ३३ अर्बको वस्तु आयात भएको थियो । चाडबाडका बेला केही बढेको आयात त्यसपछि खुम्चिन थालेको थियो ।

    गत असोजमा १ खर्ब ४८ अर्बको वस्तु आयात भएको थियो । चैतसम्मको तथ्यांकअनुसार आयात २.८४ प्रतिशतले खुम्चिएको छ । गत वर्ष चैतसम्म १२ खर्ब १ अर्ब बराबर आयात भएको थियो ।

    यस वर्ष निर्यात औसत मासिक १२ अर्ब ६६ करोड बराबर मात्र भएको छ । तथ्यांकअनुसार नौ महिनामा १ खर्ब १३ अर्ब ९४ करोड बराबर भएको छ ।

    तथ्यांकअनुसार निर्यातको तुलनामा नेपालको आयात आकार ९१ प्रतिशतभन्दा माथि छ । कुल वैदेशिक व्यापारमा आयात हिस्सा ९१.११ र निर्यात हिस्सा ८.८९ प्रतिशत छ । आयात र निर्यात दुवैमा आएको कमीले यस वर्ष कुल वैदेशिक व्यापार र व्यापार घाटा दुवैमा कमी आएको छ ।

    भन्सार विभागका अनुसार चैतसम्म कुल वैदेशिक व्यापार १२ खर्ब ८१ अर्ब ३१ करोड रुपैयाँ छ । यो गत वर्ष यसै अवधिको तुलनामा २.९२ प्रतिशतले कम हो । अघिल्लो वर्ष चैतसम्म १३ खर्ब १९ अर्ब बराबर कुल वैदेशिक व्यापार थियो ।

    विभागका अनुसार व्यापार घाटा १० खर्ब ५३ अर्ब छ । यो गत वर्षको यसै अवधिको तुलनामा २.७५ प्रतिशत कम हो । गत वर्ष व्यापार घाटा १० खर्ब ८३ अर्ब रुपैयाँ कम हो । नौ महिनामा भन्सारले ३ खर्ब ६ अर्ब बराबर भन्सार राजस्व उठाएको छ ।

    तथ्यांकअनुसार पेट्रोलियम पदार्थ आयात परिमाण नौ महिनामा साढे २ खर्ब पुगेको छ । नेपालमा कुल निर्यातको तुलनामा पेट्रोलियम पदार्थको आयात निकै माथि पुग्ने गर्छ । आइरन र स्टिल आयात ९७ अर्ब २४ करोड पुगेको छ ।

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend