Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

एकै महिनामा २ अर्ब ३७ करोडका फोनहरू आयात


१०, वैशाख २०८१
  • 181
    SHARES
  • एकै महिनामा २ अर्ब ३७ करोडका फोनहरू आयात

    काठमाडौँ । पछिल्लो एक महिनामा मात्रै २ अर्ब ३७ करोड ५१ लाख १३ हजार रुपैयाँको स्मार्टफोनहरू नेपाल भित्रिएका छन् ।

    चालू आर्थिक वर्षको चैत महिनामा मात्रै २ अर्ब ३७ करोड ५१ लाख १३ हजार रुपैयाँका १ लाख ४२ हजार ३६४ थान स्मार्टफोनहरू नेपाल भित्रिएका हुन् ।

    चालू आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म २१ अर्ब ७५ करोड २८ लाख ८१ हजार रुपैयाँ बराबरका १३ लाख ९१ हजार ८४५ थान स्मार्टफोनहरू आयात भएका छन् ।

    नेपालमा स्मार्टफोनको सबैभन्दा ठुलो स्मार्टफोनको आयातकर्ता चीन हो । चीनबाट मात्रै ९ महिनाको अवधिमा १४ अर्ब ५३ करोड ५९ लाख २६ हजार रुपैयाँका १० लाख ९ हजार ३२० थान स्मार्टफोनहरू आयात भएका छन् । जुन नेपालमा भित्रिने कुल स्मार्टफोनको ६६ प्रतिशत हो ।

    नेपालमा भारतबाट नौ महिनामा ६ अर्ब ८३ करोड ९६ लाख ५९ हजार रुपैयाँ बराबरका ३७ करोड ८१ लाख २३ हजार थान स्मार्टफोनहरू आयात भएका छन् । जुन नेपाल भित्रिने कुल स्मार्टफोनहरूको ३१ प्रतिशत हो ।

  • सन् २०३० सम्ममा देशभर १० हजार चार्जिङ स्टेशन निर्माण गर्न अध्ययनको सुझाव

    काठमाण्डौ पूर्वाधार विकास मन्त्रालयको एक अध्ययनले नेपालमा विद्युतीय गाडीको प्रवर्द्धनकालागि सन् २०३० सम्म देशभर

  • काठमाडौंको स्यूचाटारमा एआई कम्प्यूट सेन्टर स्थापना गरिने

    काठमाडौं । सरकारले काठमाडौंको स्यूचाटारमा एआई कम्प्यूट सेन्टर स्थापना गर्ने भएको छ । आगामी आर्थिक वर्षको

  • सरकारी सूचनामा निजी मिडिया बहिष्कृत: अब गोरखापत्र, रेडियो नेपाल र नेपाल टेलिभिजनमै मात्र प्रकाशन/प्रसारण

    काठमाडौं l सरकारले अबदेखि सार्वजनिक निकायका सबै सूचना तथा विज्ञापन सरकारी स्वामित्वका सञ्चार माध्यममार्फत मात्र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend