काठमाडौँ — फिल्म ‘घरज्वाइँ’ को पहिलो पोस्टर सार्वजनिक गरिएको छ ।
पोस्टरमा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर बोराको भारी बोकिरहेको देखिन्छ । अनिल बुढा मगरको निर्देशनमा जनक घर्ती मगरले निर्माण गरेका हुन् ।
फिल्मको कथा पनि निर्देशक अनिल आफैले लेखेका हुन् । पटकथा, संवाद लेखनमा भने उनलाई बिनोद खतिवडा र सुभाष कोइरालाले साथ दिएका छन् ।
जिएम मुभीजको ब्यानरमा निर्माण भएको फिल्म सुसन प्रजापतिले खिचेका हुन । फिल्मका गीतमा हर्क साउद र मनोज थापाको शब्द,संगीत छ ।
कृष्ण भन्डारीले सम्पादन गर्ने फिल्मको डिजिटल पार्टनर बुढा सुब्बा डिजिटल हो । एमएसएम,अष्ट्रेलियाले अन्तरास्ट्रिय प्रदर्शन अधिकार लिइसकेको छ ।
असार २८ गते प्रदर्शन हुने ‘घरज्वाइँ’ मा दयाहाङ र मिरुनाका साथमा बुद्धि तामाङ,पुष्कर गुरुङ,शिशिर बाङ्देल, भोलाराज सापकोटा,खड्कबहादुर पुन (खबपु),राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरले अभिनय गरेका छन् ।
फिल्मलाई नेपाल बितरण आर आर फिल्मसले गर्दैछ ।